नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9964 · वि.सं. २०७५

नि.नं. 9964 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

वस्तुतः अंशबन्डा गर्दा अंशियार हकदारहरूका बीच जियजियैको भाग लगाउनुपर्ने र त्यसरी भाग लगाउँदा बराबरी हुनुपर्ने हुन्छ । यसरी जियजियैको अंश भाग पाउने अंशियारा सदस्यहरू मध्ये मुद्दा चल्दाचल्दैको अवस्थामा कुनै वा कोहीको मृत्यु भएमा जीवित अंशियाराबीच मात्र बन्डा लाग्ने भएपनि कुनै अंशियारले अंश मुद्दा चल्दाचल्दैको अवस्थामा अंश पाउने अंशियारभन्दा बाहिरको व्यक्तिलाई आफ्नो भागको अंश बकसपत्रको लिखतबाट हस्तान्तरण गरिदिएमा त्यस्तो लिखतबाट हक सृजना हुने व्यक्तिको हक जियजियैरूपमा समान किसिमले अंश पाउने हकदारको रूपमा नभई दैयादारको रूपमा हक सृजना हुने हुँदा यस्ता दैयादारले आफूले प्राप्त गरेको लिखतभन्दा बढी भाग दाबी गरेमा त्यो मुलुकी ऐन, अंशबन्डाको १ नं. र २ नं. को कानूनको उद्देश्य र मर्मविपरीत हुन जाने । (प्रकरण नं.५) व्यक्तिको कानूनी हक अधिकारको ठाडै हनन् भएको स्थितिमा फैसलामा व्यक्त निर्णयधारको व्याख्या गर्दा उक्त निर्णयधारभित्रको सीमित वाक्य, वाक्यांश वा शब्दका आधारमा मात्र व्याख्या नगरी कानूनको उद्देश्य र न्यायको मार्ग सुनिश्चित हुने तवरबाट व्याख्या गर्नु पर्दछ । यदि शाब्दिकरूपमा व्याख्या गरियो भने त्यो केवल प्राविधिक मात्र हुन गई कानून र न्यायको मकसदविपरीत हुन जाने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9964
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2074/05/15
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री सुशीला कार्कीको राय | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको रायसँग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (१)(क) नं. बमोजिम प्रस्तुत निवेदनको संयुक्त इजलासको लगत कट्टा गरी मिसिल नियमानुसार गरी पूर्ण इजलाससमक्ष पेस गर्नू । | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको राय | माननीय न्यायाधीश श्री सुशीला कार्कीको रायसँग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) नं. बमोजिम प्रस्तुत निवेदनको संयुक्त इजलासको लगत कट्टा गरी मिसिल नियमानुसार गरी पूर्ण इजलाससमक्ष पेस गर्नू । | माननीय न्यायाधीश श्री सुशीला कार्कीबाट व्यक्त राय कायम हुने निर्णय हुनुपर्दछ भनी बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री गोविन्द कुमार उपाध्यायको राय मनासिब हुँदा सदर गरिपाउँ भनी बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री सुशीला कार्कीको रायले यस अदालतबाट मिति २०६०।९।२१ मा भएको फैसलाको शब्दलाई मात्र ग्रहण गरेको अवस्था छ । व्यक्तिको कानूनी हक अधिकारको ठाडै हनन् भएको स्थितिमा  फैसलामा व्यक्त निर्णयधारको व्याख्या गर्दा उक्त निर्णयधारभित्रको सीमित वाक्य, वाक्यांश वा शब्दका आधारमा मात्र व्याख्या नगरी कानूनको उद्देश्य र न्यायको मार्ग सुनिश्चित हुने तवरबाट व्याख्या गर्नु पर्दछ । यदि शाब्दिकरूपमा व्याख्या गरियो भने त्यो केवल प्राविधिक मात्र हुन गई कानून र न्यायको मकसदविपरीत हुन जान्छ । | माननीय न्यायाधीश श्री सुशीला कार्कीको राय कानून र न्यायसम्मत नदेखिँदा सहमत हुन सकिएन । | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्यायको मिति २०७१।७।४ को राय मुनासिब देखिँदा सदर हुने ठहर्छ । प्रस्तुत फैसलाको जानकारी विपक्षीहरूलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू ।
मुद्दा नं.०७१-WF-०००५ | ०६४-WO-०१२७
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9964
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्