नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9961 · वि.सं. २०७५

नि.नं. 9961 — ज्यान मार्ने उद्योग

सिद्धान्त / नजिर सार (Headnote Summary)

वारदातको समयमा तेस्रो पक्षको उपस्थितिको कारणले पीडितको ज्यान मर्न नपाएको भन्‍ने प्रत्यक्ष प्रमाणबाट टड्कारैरूपमा देखिन र पुष्‍टि हुन सकेको अवस्थामा ज्यान मार्ने उद्योगको कसुर पुष्‍टि हुने योभन्दा उत्तम र विशिष्‍ट श्रेणीको आधार हुन नसक्ने । वारदातको प्रकृति एवं पृष्‍ठभूमि, व्यक्तिहरूको संलग्नता, पूर्व रिसइवी एवं इविलाग र मनसायको विद्यमानता, पूर्व तयारी एवं योजना र सोच, प्रयोग भएको साधन एवं हतियार, पीडितलाई चोट लागेको शरीरको भाग, चोटको प्रकृति र संख्या, पीडितको तत्काल मर्ने बाँच्ने दोसाँधको अवस्था, पीडितले तत्काल प्राप्‍त गरेको उद्धार र उपचारको व्यवस्था आदिले पनि तत्काल तेस्रो पक्षको उपस्थिति भए नभएको अवस्थालाई गौण र तेस्रो पक्षको उपस्थितिको तुलनामा पीडितलाई लागेको गम्भीर प्रकृतिको चोटलाई नै गम्भीर मानी प्राथमिकता दिई सोलाई नै उद्योगको कसुरलाई पुष्‍टि गर्ने पर्याप्‍त आधारको रूपमा लिन सकिने । (प्रकरण नं.७) ज्यान मार्ने उद्योगको वारदात व्यक्तिहरूको समूहबाट आक्रमण भएको अवस्थामा चोट छाड्नेलगायत सो कार्यमा प्रत्यक्षरूपमा सघाउ पुर्‍याउने हिसाबले सहयोग गर्ने वा चोट छाड्ने क्रियामा संलग्न हुनेलाई पनि मुख्य कसुरदारसरह एउटै श्रेणीमा राखेको हुँदा ज्यान मार्ने उद्योगको वारदातको जुनसुकै अवस्थाको जुनसुकै प्रकृतिको क्रियामा संलग्न हुनेलाई पनि मुख्य कसुरदारसँग छुट्‍याएर हेर्न मिल्ने अवस्था देखिँदैन । मुख्य अभियुक्तको कार्य ज्यान मार्ने उद्योगको कसुरको दायराभित्र परेपछि सो सरहका कार्यमा प्रत्यक्ष, क्रियात्मक एवं सहभागितात्मकरूपमा अन्य अभियुक्तहरू पनि संलग्न रहेको प्रमाणबाट पुष्‍टि हुन गएमा तिनीहरू पनि सोही प्रमाणको आधारमा सोही कसुरको दायराभित्र नै पर्न आउने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9961
मुद्दाको विषयज्यान मार्ने उद्योग
निर्णय वर्ष / मिति2074/07/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री रामप्रसाद अधिकारी | माननीय न्यायाधीश श्री प्रेमराज ढकाल | माननीय न्यायाधीश श्री शिवनारायण यादव | माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर
मुद्दा नं.०७०-CR-०२९५
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9961
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्