नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9958 · वि.सं. २०७५

नि.नं. 9958 — मानव बेचबिखन

सिद्धान्त / नजिर सार (Headnote Summary)

गरिबी र बेरोजगारीमा रहेकाले आफैँले आफूलाई बेच्न शोषण गर्न तयार हुँदैमा वेश्यावृत्तिमा लगाउन पाइन्छ भन्ने कदापि होइन र यो कानूनको मनसाय पनि होइन । कानूनले स्पष्टरूपमा कुनै फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने तथा वेश्यागमन गर्नेलाई मानव बेचबिखन तथा ओसारपसारको परिभाषाभित्र राखी कसुर नै मानेको अवस्था देखिने । (प्रकरण नं.७) मानव बेचबिखन तथा ओसारपसार जस्तो गम्भीर मानवता विरूद्धको अपराधमा पीडितहरू त्रसित, कमजोर र हतोत्साही अवस्थामा रहने र एकजना पीडित बालिका नै रहेको अवस्थामा घटनाको परिस्थिति र घटनाको असरहरूमा फरक बयान नरहेको अवस्थामा पीडितहरूको बयानमा कतै घटनाको क्रमबद्धरूपमा वर्णन नभएकोले केही विरोधाभास देखिन्छ भन्ने आधारमा मात्र पीडितहरूको बयानलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9958
मुद्दाको विषयमानव बेचबिखन
निर्णय वर्ष / मिति2074/04/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल
मुद्दा नं.०७२-CR-०६०० | ०७२-CR-०७९७
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9958
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्