नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9953 · वि.सं. २०७५

नि.नं. 9953 — अंश मानाचामल

सिद्धान्त / नजिर सार (Headnote Summary)

दाबीबमोजिमको अंश वादीले पाउने ठहर्छ भनी फैसला भइसकेपछि मानाचामलसमेतको दाबी रहेको स्थितिमा वादीले अंश प्राप्त नगरेसम्म वादीलाई खानपिनलगायतको जीवन निर्वाह गर्न सक्ने व्यवस्था गरिदिनु न्यायकर्ताको धर्म हुने । (प्रकरण नं.६) फैसला अन्तिम भएपछि पनि फैसला कार्यान्वयनको छुट्टै कानूनी प्रक्रियामा समाहित हुनुपर्ने हुन्छ । यी यावत प्रक्रिया पार गर्दै आफ्नो हक हुन आएको सम्पत्तिको भोग गर्ने एवम् त्यसको लाभ प्राप्त गर्न सकिने अवस्था रहन्छ । आफ्नो हकमा त्यसरी अंश आउनुपूर्व त्यस्तो सम्पत्ति सामान्यतया प्रतिवादीकै कब्जा (Possession) मा रहने भएकाले पनि फैसला कार्यान्वयनपूर्व त्यस्तो सम्पत्तिबाट वादीले कुनै प्रकारको लाभ प्राप्त गर्न सक्ने हुँदैन । यही अवस्थालाई विचार गरी विधायिकाले कानूनी व्यवस्थाद्वारा मानाचामल भराइ पाउने हकलाई सुरक्षित गरेको देखिने । (प्रकरण नं.७) मानाचामलको दाबी भएको मुद्दामा वादीले जे जति अंकको रकम दाबी गरेको छ, अदालतले त्यतिनै भराई दिन पर्ने भन्ने होइन । त्यस्तै त्यस्तो जीविकोपार्जनको रकम यति नै हुनुपर्ने भनी कुनै गणितीय सूत्रमा आवद्ध गर्न नमिल्ने । मानाचामलको रकम भराइदिने ठहर गर्दा निर्णय कर्ताले त्यस्तो रकम उपलब्ध गराउने पक्षको चल अचल सम्पत्ति, पेसा, रोजगार, व्यवसाय, आयस्थालगायतका आर्थिक अवस्था र स्थितिको सूक्ष्मरूपमा विश्लेषण गरी यथार्थपरकरूपमा तोकिनु पर्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9953
मुद्दाको विषयअंश मानाचामल
निर्णय वर्ष / मिति2074/01/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री थिरबहादुर कार्की | माननीय न्यायाधीश श्री चण्डीराज ढकाल
मुद्दा नं.०७३-CI-०८६६
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9953
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्