नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9951 · वि.सं. २०७५

नि.नं. 9951 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै काम गर्नको लागि कानूनले निश्चित कार्यविधि र प्रक्रियाको व्यवस्था गरेको छ भने उपर्युक्त कार्यविधि र प्रक्रिया पूरा गरेको अवस्थामा मात्र सो कार्यले वैधानिकता प्राप्त गर्न सक्छ । छोटो समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा चढी विश्व कीर्तिमान कायम गर्ने जस्तो गम्भीर र राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकारको विषयमा कानूनले तोकेको कार्यविधि र प्रक्रिया पूरा भएको छ वा छैन भन्ने कुरालाई कठोरताको साथ परीक्षण गरिनुपर्ने । पर्वतारोहीसँग जाने सम्पर्क अधिकृत नेपाल सरकारको प्रतिनिधिसमेत हो । पर्वतारोहण टोलीसँग गएर फर्किएपश्चात् सम्पर्क अधिकृतले नियमावलीले व्यवस्था गरेबमोजिमको विवरणसहितको प्रतिवेदन सम्बन्धित निकायसमक्ष पेस गर्नुपर्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9951
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2074/08/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
मुद्दा नं.०७०-WO-०४४२ | ०६९-WO-०७३१
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9951
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्