नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9949 · वि.सं. २०७५

नि.नं. 9949 — गैंडा मारी खाग बिक्री व्यवसाय

सिद्धान्त / नजिर सार (Headnote Summary)

कानूनले नै मुद्दा सुन्ने अधिकारी तोकिसकेपश्‍चात् सो अधिकारीले मुद्दाको कारवाहीको सिलसिलामा बयान, बकपत्रलगायतका प्रमाण बुझ्ने अधिकारसमेत रहेको मानिन्छ । त्यस्तो मुद्दा हेर्न अधिकारी तोकिसकेपश्‍चात निजले गराएको बयान स्वतन्त्रपूर्वक भएको होइन भनी प्रतिवादीको भनाईको आधारमा मात्र मान्न मिल्दैन । त्यस्तो अधिकारीले मुद्दा सुनुवाइको क्रममा गरे गराएको कार्य अन्यथा प्रमाणित नभएसम्म स्वच्छ सुनुवाइको सिद्धान्तअनुसार नै गराएको मान्नु पर्ने । अनुसन्धानको क्रममा एवं मुद्दा हर्ने अधिकारीसमक्ष भएको बयान एक आपसमा मेल खाइरहेको अवस्थामा उक्त बयानहरू स्वतन्त्रपूर्वक भएको होइन भन्‍ने जिकिर प्रतिवादीले लिएको खण्डमा सो कुरा प्रमाणित गर्ने दायित्व पनि निजको नै हुन आउने । (प्रकरण नं.५) सहअभियुक्तको पोल आफैँमा कुनै ठोस प्रमाण होइन । यो मिसिल संलग्न अन्य प्रमाणबाट समर्थित भएको खण्डमा मात्र प्रमाणयोग्य मानिने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9949
मुद्दाको विषयगैंडा मारी खाग बिक्री व्यवसाय
निर्णय वर्ष / मिति2073/12/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७१-CR-१२५२ | ०७१-CR-१४३२
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9949
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्