नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9948 · वि.सं. २०७५

नि.नं. 9948 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

व्यक्तिको आयमा कर लगाउँदा प्रत्येक आय वर्षको आधारमा कर लगाउनु पर्ने हुन्छ । दुई वर्षको आय भए दुई वर्षमा, तीन वर्षको आय भए तीन वर्षमा अर्थात्‌ जति वर्षको आय हो त्यति नै वर्ष दामासाहीले हिसाब गरी हरेक आय वर्षमा हुन आउने आयमा कर लगाइनु पर्दछ भनेर ऐनले नै प्रस्टरूपमा बोलेको पाइने । (प्रकरण नं.४) कुनै पनि प्राकृतिक व्यक्तिको एक आर्थिक वर्षको अवकाश योगदान वा रोजगारदाता संस्थाले खडा गरेको अवकाश कोषमा जम्मा गरेकोसमेतका रकम तथा रोजगारीको सन्दर्भमा गरिएका अन्य भुक्तानी रकम सोही आर्थिक वर्षको रोजगारीबाट प्राप्‍त पारिश्रमिकमा गणना गर्नुपर्ने प्रस्ट कानूनी व्यवस्था रहेको पाइने । (प्रकरण नं.५) निवेदकको तीन आर्थिक वर्षको निवृत्तिभरणबापतको रकमलाई कुनै एक आर्थिक वर्ष अर्थात्‌ आ.व. २०७०।०७१ को रोजागारीबाट प्राप्‍त आय रकम जस्तो गरी कर लगाएको कुरा कानूनविपरीत भएको देखिने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9948
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2073/12/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
मुद्दा नं.०७०-WO-०४८३
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9948
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्