नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9946 · वि.सं. २०७५

नि.नं. 9946 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

वस्तुतः दरखास्त दर्ता गर्दा र अन्तर्वार्ता दिँदासम्म निवेदिकाले पेस गरेको प्रमाणपत्रमा कुनै तात्विक अन्तर नरहेको स्थितिमा कुनै वस्तुनिष्ट कानूनी आधार र कारणबिना सोही प्रमाणपत्रले अन्तिम नतिजा प्रकाशन हुँदा मान्यता नपाउने भनी विपक्षी लोक सेवा आयोग मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयले गरेको निर्णय सूचनाहरूलाई कानूनसम्मत मान्‍न नमिल्ने हुँदा निवेदिकाको हकमा लोक सेवा आयोग नियमावली, २०६७ को नियम १०(५) को कानूनी व्यवस्था आकर्षित हुनसक्‍नेसमेत देखिन नआउने । (प्रकरण नं.७) दरखास्त स्वीकार गरी प्रवेशपत्र पाइसकेपछि उक्त परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गर्छु भन्‍ने वैधानिक अपेक्षा (Legitimate Expectation) निवेदिकामा जागृत भएको हुन्छ । उक्त अपेक्षाअनुरूप श्रम सीप लगाई लिखित परीक्षाबाट छनौट भई अन्तर्वार्तासमेत निवेदिकाले दिइसकेको अवस्थामा निवेदिकाको सम्पूर्ण परीक्षा नै रद्द गर्ने गरी लोक सेवा आयोगको निर्णय परिपत्रका आधारमा विपक्षी लोक सेवा आयोग मध्यमाञ्‍चल क्षेत्रीय निर्देशनालयले प्रकाशित गरेको सिफारिस सूचनाहरू र निर्णय उक्त वैधानिक अपेक्षाको सिद्धान्तसमेतको प्रतिकूल रहेको देखिन आउने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9946
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2074/05/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
मुद्दा नं.०७३-WO-०३४८
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9946
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्