नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9945 · वि.सं. २०७५
नि.नं. 9945 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै विषयमा बनेको ऐनले पुरानो वा साबिकको व्यवस्थालाई बचाउ हुने प्रावधान नराखेको अवस्थामा साबिक ऐनको व्यवस्था निष्क्रिय भएको र नयाँ व्यवस्थाले प्रश्रय पाएको भन्ने सहज अर्थ गर्न मिल्ने । (प्रकरण नं.५) अदालतले कानूनी जटिलतालाई व्याख्याको माध्यमबाट हटाउने वा पूर्ति गर्नेसम्म हो । भइरहेको कानूनी व्यवस्थालाई खलबलाउने वा अनिश्चितता एवं जटिलता सृजना गर्न नहुने । विद्यालय व्यवस्थापन समितिको अध्यक्षको चयन प्रक्रिया नै संशोधन भइसकेको अवस्थामा संशोधित कानून मुताबिक विद्यालय सञ्चालन हुनुपर्नेमा व्यवस्थापकीय परिस्थिति एवं पदावधिलाई आधार मानी संशोधित कानूनी व्यवस्थाको सही कार्यान्वयन नगर्दा कानूनी व्यवस्था नै दिशान्तर (Diversion) हुन जाने हुँदा संशोधित कानूनी व्यवस्थालाई कार्यान्वयन नगर्ने परिस्थिति निर्माण गर्नु वाञ्छनीय हुन नसक्ने । (प्रकरण नं.६) नयाँ विद्यालय व्यवस्थापन समितिको गठन गर्नुपर्ने ऐनको व्यवस्थालाई अवरूद्ध गर्ने गरी ऐनको व्यवस्था नै कार्यान्वयन गर्न नदिने गरी विद्यालय व्यवस्थापन समितिका पुराना पदाधिकारी नै तोकिएको अवधिसम्म कायम रहन सक्छन् भनी अर्थ गर्दा नयाँ ऐनले ल्याएको व्यवस्था कार्यान्वयन हुन नसक्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9945 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2074/08/08 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी |
| मुद्दा नं. | ०७३-WF-००१६ | ०७३-WO-०२६७ | ०७३-WO-०१२२ | ०७३-WO-०५७४ | ०७३-WO-०६२५ | ०७३-WO-०६२६ | ०७३-WO-०४८२ | ०७३-WO-०४८१ | ०७३-WO-०४८० | ०७३-WO-०४२७ | ०७३-WO-०४०५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 9945 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
