नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9943 · वि.सं. २०७५
नि.नं. 9943 — जिउ मास्ने बेच्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
मानिस बेचबिखन गर्ने, इच्छाविपरीत जबरजस्ती यौन कार्यमा संलग्न गराउने तथा वेश्यावृत्ति गर्न बाध्य पार्ने कार्यले मानिसको सम्मानपूर्वक बाँच्न पाउन मानव अधिकारमा समेत आघात पुग्दछ । सभ्य समाजमा मानिस बेचबिखन गर्ने कार्य मानवता विरूद्धकै घृणित कार्य मानिने । मानिस बेचबिखन गर्ने कार्य आपराधिक कार्य हो र मानिस बिक्रीपश्चात् वेश्यावृत्ति गर्न बाध्य पार्नु झन् जघन्य अपराध हुने । जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४ तथा ४ (ग) ले स्वास्नी मानिसलाई कुनै पनि किसिमबाट बेचबिखन गर्न र वेश्यावृत्तिमा लगाउन नपाउने गरी निषेध गरेको छ । उक्त कानूनी प्रावधानले स्वास्नी मानिसलाई बेचबिखन गरेमा वा वेश्यावृत्तिमा लगाएमा कसुर हुने स्पष्ट उल्लेख गरेको देखिँदा विधिले शासित मुलुकमा यस्ता घृणित तथा अमानवीय दूष्कार्यहरू क्षम्य हुन नसक्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9943 |
|---|---|
| मुद्दाको विषय | जिउ मास्ने बेच्ने |
| निर्णय वर्ष / मिति | 2074/10/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री नरबहादुर शाही |
| मुद्दा नं. | ०७२-CR-००२४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 9943 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
