नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9936 · वि.सं. २०७५
नि.नं. 9936 — जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुलुकी ऐन अ.बं. ६१ नं. अनुसार अ.बं. १२ नं. बमोजिम मुलतबीमा रहेको मुद्दामा मुलतबीमा रहनुअघि थमाइसकेको पटकको पनि हिसाब गर्नुपर्नेमा सो नगरी तेस्रो पटक ९ दिनको मात्र तारिख थमाउन पाउने म्याद बाँकी रहेकोमा सो म्याद गुज्रिसकेपछि पहिलो पटक भनी १९ दिनको तारिख थमाउन आएको हुँदा अ.बं. ६१ नं. ले पहिला थमाइसकेको पटकको पनि हिसाब हुने भएकोले थमाउन पाउने म्याद बाँकी रहेको देखिएन । अ.बं. १२ नं. अनुसार मुलतबी रहेको देखिएकोले मुलतबी जागेपछि अघि तारेख गुज्रेको अवधिको समेत गणना गर्न नहुने भन्ने दाबी तर्कसङ्गत देखिन नआउने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9936 |
|---|---|
| मुद्दाको विषय | जालसाजी |
| निर्णय वर्ष / मिति | 2074/02/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीरा खड्का | माननीय न्यायाधीश श्री विश्वम्भर प्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री शुष्मालता माथेमा | माननीय न्यायाधीश श्री रणबहादुर बम | माननीय न्यायाधीश श्री हरिबहादुर बस्नेत |
| मुद्दा नं. | ०६६-CR-०२८२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 9936 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
