नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9935 · वि.सं. २०७५

नि.नं. 9935 — मानव बेचबिखन तथा ओसारपसार

सिद्धान्त / नजिर सार (Headnote Summary)

कतिपय विशेष अवस्थामा फौजदारी मुद्दामा पनि प्रमाणको भार प्रतिवादीमा सार्न सकिने वा प्रतिवादीमा रहने (Shifting of burden of proof to the accused person) गरी विधायिकी कानून बन्‍नसक्ने कुरालाई फौजदारी विधिशास्त्रले स्वीकार गरेको पाइन्छ । खासगरी आफूसँग कब्जा (Possession) मा रहेको वस्तुको वैधता यौनजन्यलगायतका अन्य अपराधमा प्रमाणको भार प्रतिवादीमा रहने गरी कानून निर्माण हुनसक्ने कुरालाई फौजदारी विधिशास्त्रले स्वीकार गरेको पाइने । (प्रकरण नं.६) के कस्तो कार्यबाट के कस्तो कानूनको उल्लङ्घन भई अपराधजनित कार्य भयो र त्यस्तो कार्यमा को कसको के कसरी संलग्नता रहेको छ भन्‍ने कुरा पनि अभियोजन पक्षले नै शंकारहित तवरले (Beyond the doubt) पुष्‍टि गरेको हुनुपर्छ । विधायिकी कानूनले आफ्नो निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीमा सारेको कारणले अभियोजन पक्षको उक्त दायित्व सीमित वा समाप्‍त नहुने । आफ्नो निर्दोषिता प्रमाणित गर्ने काम प्रतिवादीको हुने भए पनि वादी पक्षले आफ्नो अभियुक्त यकिन गर्ने र अनुसन्धानको आधारमा आफूले तयार पारी दायर गरेको अभियोग पत्रमा प्रतिवादीको के कुन कार्य कुन कानूनले निषेध गरेको आपराधिक कार्य हो भनी विधायिकी कानूनले त्यस्तो कसुर स्थापित हुन चाहिने भनी निर्धारण गरेका अपराधका तत्त्वहरू (Constituent elements of crime) को विद्यमानता र आवश्‍यक छ भने तिनीहरूको संयोजनात्मकता (Concurrency) अनिवार्यरूपमा उल्लेख गरेको हुनुपर्ने । अभियोग पत्रमा अपराधका तत्त्वहरूको उल्लेखन वास्तविक अर्थमा प्रतिवादीलाई प्रतिरक्षाको लागि सुनुवाइको मौका उपलब्ध गराउनु पर्दछ भन्‍ने प्राकृतिक न्यायको सिद्धान्तसँग पनि सम्बन्धित हुने । अभियोजन पक्षले प्रतिवादी नै प्रमाणित गर्न नसकेको अवस्थामा प्रतिवादीमा प्रमाणको भार रहेको वा सरेको भन्‍ने कानूनी व्यवस्थाको आधारमा वादीले पूरा नगरेको दायित्व प्रतिवादीले पूरा गर्नुपर्ने भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9935
मुद्दाको विषयमानव बेचबिखन तथा ओसारपसार
निर्णय वर्ष / मिति2074/02/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री गुणराज ढुङ्गेल
मुद्दा नं.०७०-CR-१४३२ | ०७१-CR-०००५
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9935
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्