नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9934 · वि.सं. २०७५
नि.नं. 9934 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
राष्ट्रसेवक कर्मचारीले कानूनले तोकेको निश्चित अवधि सेवा गरेपछि वृत्ति विकासको वैध अपेक्षा राखी बढुवा पाउने हक सृजना हुने । (प्रकरण नं.४) तोकेको समय अवधिभित्र कर्मचारीले पेस गरिसकेपछि सो कार्यसम्पादन मूल्याङ्कन फाराममा निजामती सेवा नियमावलीले निर्दिष्ट गरेअनुसार तत्तत् अधिकारी र कानूनी व्यवस्थाबमोजिम जिम्मेवारी तोकिएका पदाधिकारीहरूले मूल्याङ्कन गर्नुपर्ने हुन्छ । नियमावलीले तोकेको जिम्मेवारी सबै पदाधिकारीहरूबाट भएमा नै कर्मचारीको वृत्ति विकाससम्बन्धी कानूनी व्यवस्थाको सार्थकता रहने । कुनै पदाधिकारीबाट सो जिम्मेवारी वहन नगरिएको वा हुन नसकेको आधारले कर्मचारीको वृत्ति विकासमा असर पुग्न जाने स्थिति भएमा कर्मचारीको बढुवा पाउने हकमा पदाधिकारीको स्वेच्छाचारिता रहन जान्छ । फलस्वरूप नियमावलीको भावना र मर्मविपरीत हुन गई प्रशासनिक यन्त्र नै प्रभावित हुन पुग्ने । (प्रकरण नं.५) कर्मचारीले कार्य सम्पादन मूल्याङ्कन फाराम भरी समयमा नै पेस गरिसकेपछि मूल्याङ्कनकर्ताले अनिवार्यरूपमा मूल्याङ्कन गर्नुपर्ने नियमावलीको मनसाय हो । पदाधिकारी नै नतोकिएको वा तोकिए पनि मूल्याङ्कन नै नगरिदिएको दोष कर्मचारीमा रहन जाँदैन । वस्तुत: निवेदकको कुनै गल्ती नै नभई बढुवामा समावेश हुन नपाउने भन्ने बढुवा समितिको तर्क मनासिब नदेखिने । (प्रकरण नं.६) कार्य सम्पादन मूल्याङ्कन फाराम मूल्याङ्कनमा पुनरावलोकन समितिका पदाधिकारीहरू पूर्ण नभएको भनी बढुवामा समावेश नगर्ने गरी गरेको निर्णय प्रथमदृष्टिमा नै गैरकानूनी देखिने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9934 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2074/09/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री शारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७३-WO-०२३५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 9934 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
