नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9928 · वि.सं. २०७५

नि.नं. 9928 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

एउटा अपराधमा अदालतबाट सजाय पाई भुक्तान गरिरहेका यी प्रतिवादीहरूले कैदी भएकै अवस्थामा योजनाबद्ध ढंगले अर्को अपराध गरेको हुँदा यस्तो अवस्थामा कानूनले तोकेको अधिकतम सजाय गर्नु नै उत्तम हुन्छ । आफूले गरेको पहिलै गरिसकेको आपराधिक कार्यको सम्बन्धमा अदालतबाट सजाय पाइसकेपछि यी प्रतिवादीहरूले पश्‍चाताप गरी सुधारोन्मुख हुनुपर्नेमा कैदी जीवन व्यतित गरिरहेकै अवस्थामा अर्को अपराध गरेको देखिँदा प्रतिवादीहरू छुटी कारागार बाहिर जाँदा समाजको लागिसमेत खतरा हुनसक्ने भएकोले यस्ता व्यक्तिहरूलाई सजाय गर्दा अदालतले प्रतिवादीहरूले गरेको अपराधको प्रकृति, त्यसबाट समाजमा पर्ने असरसमेतलाई मध्यनजर गरी सजाय निर्धारण गर्नुपर्ने । प्रतिवादीहरू धेरै जनाको समूहमा भई कारागारभित्र पनि अर्को कारागार जस्तो बनाई स्वच्छन्दतापूर्वक कैदी रहेको एकजना व्यक्तिलाई लगातार यातना दिई मारेको देखिएको तर को कसको चोटबाट मृत्यु भएको हो भन्ने नदेखिएको हुँदा यस्तो अवस्थामा मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. ले तोकेको जन्मकैदको सजाय हुन मनासिब हुने । (प्रकरण नं.९) कुनै अपराध गरेको अभियोग लागि अदालतको फैसलाअनुसार कैद भुक्तान गरिरहेका मानिसले पनि कानूनको दायरामा रही नेपालको संविधानको धारा १६ मा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने हक आम नागरिकसरह नै उपयोग गर्न पाउनु पर्दछ । राज्यले आफ्नो नियन्त्रणमा (Custody) मा लिएको व्यक्तिको सुरक्षा गर्नु पनि राज्यको दायित्वभित्र पर्ने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9928
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2073/12/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री ब्रजेश प्याकुरेल | माननीय न्यायाधीश श्री राजकुमार वन | माननीय न्यायाधीश श्री रमेश बहादुर थापा
मुद्दा नं.०७१-CR-१५३० | ०७२-CR-०५१६ | ०७३-RC-००९२
उद्धरण सन्दर्भने.का.प. २०७५, नि.नं. 9928
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्