नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9927 · वि.सं. २०७५
नि.नं. 9927 — क्षतिपूर्ति भराई पाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
भर्खर जन्मिएकी नाबालकलाई आफूउपर भएको ज्यादती लापरवाही वा अन्याय विरूद्ध उपचार माग्ने हदम्याद निज बालिग भएपछि सुरू हुने भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । यसरी निश्चित अवस्थासम्म हदम्यादको लचकता वृद्धि हुने सिद्धान्त (Doctrine of Tolling) लाई मुलुकी ऐन, अदालती बन्दोबस्तको ४० नं. ले अङ्गीकार गरेको देखिने । (प्रकरण नं.४) सामान्यतः चिकित्सकबाट भएको कार्य सम्पादन (Performance) Standard of care भन्दा निम्नस्तरको कार्य / व्यवहार हो अथवा घटनाको कारण यही हो भनी विशेषज्ञ (Expert) ले पहिचान गर्नसक्ने प्रकृतिको हुने भएकोले यस सम्बन्धमा विशेषज्ञको कथन महत्त्वपूर्ण मानिने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9927 |
|---|---|
| मुद्दाको विषय | क्षतिपूर्ति भराई पाऊँ |
| निर्णय वर्ष / मिति | 2074/08/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा |
| मुद्दा नं. | ०७२-CI-०५४९ | ०७२-CI-०५४८ | ०७२-CI-०५५२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 9927 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
