नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9926 · वि.सं. २०७५
नि.नं. 9926 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
सिन्डिकेट प्रथाले स्वच्छ र प्रतिस्पर्धात्मक खुला अर्थ व्यवस्थालाई निषेधित गर्दछ । विश्व भूमण्डलीकरण (Globalization) को युगमा नेपालले समेत आर्थिक उदारीकरणको अर्थतन्त्र अङ्गीकार गरेको सन्दर्भमा उपभोक्तालाई बजार छनौटको अधिकार रहेको हुन्छ । जसअन्तर्गत स्वच्छ, गुणस्तरीय र प्रतिस्पर्धात्मक सेवा छनौटको अधिकार उपभोक्तालाई रहन्छ । यातायात सेवाअन्तर्गत पनि नयाँ, भरपर्दो, विश्वसनीय तथा गुणस्तरीय यातायातमा सवारी गर्न पाउनु वा पूरानो, जीर्णरूपमा रहेका र वातावरणमा नै असर पुर्याउने खालका सवारी साधन त्याग गरी नयाँ सवारी साधनमा यात्रा गर्ने पाउनु नागरिकको आफ्नो अधिकारको नै विषय रहेको हुन्छ । त्यसलाई पूराना, जीर्ण अवस्थामा रहेका गाडीहरू मात्र सञ्चालन गर्ने गरी सिन्डिकेट कार्टेलिङ्ग गर्ने अधिकार कसैलाई पनि नरहने । (प्रकरण नं.६) आजको प्रतिस्पर्धात्मक युगमा नयाँ, गुणस्तरीय र भरपर्दो यातायातका साधन खरिद गरी पेसा व्यवसाय गर्न पाउने नागरिकको नैसर्गिक हक नै रहेको अवस्थामा अन्यथा पुष्टि नभएसम्म यो वा त्यो बहानामा नयाँ यातायात दर्ता रोक्न कुनै सरकारी निकायलाई समेत छुट हुन सक्दैन । सर्वसुलभ, स्वच्छ र गुणस्तरीय प्रतिस्पर्धाका आधारमा सञ्चालन गर्ने सार्वजनिक यातायात सेवालाई संविधान र कानून प्रदत्त अधिकारलाई कुण्ठित गर्दै बजारलाई एकाधिकार कायम गरी उपभोक्तालाई जबरजस्ती सेवा लिन बाध्य पार्न सक्ने अधिकार कसैलाई नरहने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9926 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2074/05/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी |
| मुद्दा नं. | ०७३-WO-०८६४ | ०७२-WO-०६०६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७५, नि.नं. 9926 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
