नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9920 · वि.सं. २०७४
नि.नं. 9920 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
संविधानद्वारा प्रत्याभूत पेसा, व्यवसाय र रोजगारको हकअन्तर्गत स्वस्थ व्यापार व्यवसायको हक पनि पर्छ । सम्मानपूर्ण जीवनको हकभित्र व्यवस्थित यातायातको हक पनि पर्ने । संविधान एवं कानूनी व्यवस्था र ती व्यवस्थाअनुरूप अदालतबाट भएका फैसला विरूद्धको आचरण र व्यवहार लोकतन्त्र तथा विधिको शासनको समेत विरूद्ध हुने । (प्रकरण नं.९) यातायात सेवा पनि उपभोक्ताले प्राप्त गर्ने एउटा सेवा हो । तसर्थ, यो सेवा पनि हरेक दृष्टिबाट गुणस्तरीय हुनु आवश्यक छ । सेवा गुणस्तरीय नभएमा सोको विरूद्ध उपचार खोज्ने र क्षतिपूर्तिसमेत पाउने हक हरेक उपभोक्तालाई रहने । (प्रकरण नं.१०) विश्व व्यापार संगठनको सदस्य भएको नाताले बजारमा गरिने अस्वस्थ प्रतिस्पर्धाका कुनै पनि स्वरूपको विरूद्धमा उभिनु अब नेपालको राष्ट्रिय दायित्व बनेको छ । यो कुरा सरकारलगायत सबै सरोकारवालाले बुझ्नु र मनन गर्नु जरूरी देखिने । (प्रकरण नं.११) अदालतबाट भएको फैसला पूर्णरूपमा कार्यान्वयन गरिनु पर्छ । कार्यान्वयन गर्ने दायित्वबाट सरकार वा कुनै संघ संगठन वा प्रतिष्ठान पन्छिन नसक्ने । रिट निवेदनमा भएका निर्णयहरूको शब्द र सार दुवै कुरा हेरी पूर्णरूपमा कार्यान्वयन गरिनुपर्दछ । यसमा कुनै “तर, तापनि, तथापि” भन्ने नै नहुने । (प्रकरण नं.१२) यातायात क्षेत्रमा रहेका बेथिति र अव्यवस्थाहरूको पहिचान गरी कानूनी, नीतिगत र व्यवस्थापकीय पक्षमा गर्नुपर्ने सुधारका विषयमा समेत अध्ययन गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ अन्तर्गत सरोकारवालाहरूको प्रतिनिधित्त्वसमेत रहने गरी एक उच्च स्तरीय आयोग गठन गर्नेतर्फ कानूनबमोजिम नीतिगत निर्णय गरी आवश्यक कार्य गर्नु गराउनु भनी विपक्षीहरूका नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9920 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2073/08/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा |
| मुद्दा नं. | ०७१-WO-०४४४ | ०६१-WO-३४०२ | ०६३-WO-०६७७ | ०६५-WO-००४७ | ०६५-WO-०४२१ | ०६६-WO-११२९ | ०६५-WO-०१४९ | ०६६-WO-०६५० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9920 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
