नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9919 · वि.सं. २०७४
नि.नं. 9919 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण गर्ने र धार्मिक, साँस्कृतिक स्वतन्त्रता प्रदान गर्ने कुरालाई धर्मनिरपेक्षताको आधारभूत अन्तरवस्तुको रूपमा संविधानले मान्यता प्रदान गरेको हुदा यही कुराको सापेक्षतामा धर्मप्रतिको राज्यको दृष्टिकोणको विश्लेषण गरिनु पर्ने । राज्यले हरेक धर्म, धार्मिक कृत्य वा धार्मिक सम्प्रदायहरूप्रति समदुरी र समभाव कायम राख्नु पर्दछ । सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण गर्नु राज्यको कर्तव्य हुने । कुन प्रयोजनका लागि कति दिन सार्वजनिक बिदा दिने हो भन्ने कुरा नेपाल सरकारको स्वविवेकबाट निर्धारण गरिने विषय हो । सार्वजनिक बिदा पाउनु पर्छ भनी हक अधिकारको रूपमा दाबी गर्न मिल्दैन । सार्वजनिक बिदा दिने विषय कार्यकारिणीको तजविजी बुद्धिमता (Discretionary Wisdom) को विषय भएकाले यसलाई धर्म वा संस्कृतिसँग जोडेर हक अधिकारको रूपमा हेर्न हुँदैन । धार्मिक प्रसंग पनि सार्वजनिक बिदा दिदाका विभिन्न आधारहरूमध्ये एउटा विचारणीय आधार बन्नसक्ने भए पनि यसैलाई मात्र अन्तिम आधार (Sole Condition) मान्न नमिल्ने । सार्वजनिक बिदा दिने सन्दर्भमा निर्णय गर्दा सोको सामाजिक, आर्थिक, साँस्कृतिक, धार्मिक, राजनीतिक, ऐतिहासिक आदि विविध पक्षको महत्त्व, सो पर्व वा बिदाको सन्दर्भमा रहने जनसहभागिताको स्थिति तथा सार्वजनिक सेवा प्रवाहमा पर्ने असर जस्ता विषयहरूको समग्रमा मूल्याङ्कन गरिनु पर्ने हुन्छ । धार्मिक वा साँस्कृतिक कुरासँग सम्बन्ध वा सरोकार जोडिएको छ भन्ने आधारमा नै बिदा दिने वा पाउने कुरालाई धर्मसम्बन्धी हकको विषयवस्तु बनाउनु उचित नदेखिने । सार्वजनिक सेवा प्रवाह गरी सेवाग्राहीप्रति संवेदनशील भएर जवाफदेहिता निर्वाह गर्नुपर्नेमा एकपछि अर्को गरी सार्वजनिक बिदा थप गर्दै जानुको औचित्य प्रमाणित हुन नसक्ने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9919 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2074/07/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको राय | माननीय न्यायाधीश श्री सपना प्रधान मल्लको सहमतिय राय (Concurring Opinion) | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाको रायसँग पूर्णरूपमा सहमत नै छु । |
| मुद्दा नं. | ०७३-WO-१०८८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9919 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
