नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9918 · वि.सं. २०७४
नि.नं. 9918 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. मा उल्लेख भएको “वचन दिने” कार्यको अर्थ सामान्य र सतहीरूपमा ग्रहण गरिनु हुँदैन । इच्छित आपराधिक परिणाम प्राप्तिका लागि कर्ताको रूपमा आदेश दिने कार्य भएको अवस्था देखिनु पर्दछ । यसमा मनसाय तत्त्व र आदेशात्मक रूपमा वचन दिएको कार्यको विद्यमानता देखिनु पर्दछ । विषय र सन्दर्भअनुसार वचन दिएको कुराको मूल्याङ्कन गरिनु पर्ने । (प्रकरण नं.८) अ.बं.१८८ नं. बमोजिम राय व्यक्त गर्ने र सदर गर्ने कुरा विवादका पक्षले हक अधिकारको रूपमा प्रश्न उठाउने पुनरावेदनको विषय होइन । यो केवल विवादित तथ्य, घटनाक्रम, कसुर हुँदाको अवस्था, परिस्थिति, कसुरदारको मनसाय, भवितव्य हो कि भनी सन्देह गर्नुपर्ने अवस्था, कसुरदारले न्यायिक प्रक्रियामा पुर्याएको सहयोगलगायतका विविध सामाजिक सन्दर्भहरूलाई मूल्याङ्कन गरी निरूपण गरिने अदालतको स्वविवेकाधिकारको विषय हो । त्यसैले अ.बं. १८८ नं. अनुसार राय व्यक्त गरिएको कुरालाई पुनरावेदनको विषयको रूपमा हेर्न नमिल्ने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9918 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2074/03/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री र्इश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री किशोर सिलवाल | माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७१-CR-०३७८ | ०७१-CR-०५१३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9918 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
