नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9917 · वि.सं. २०७४

नि.नं. 9917 — लिखत दाखेल खारेज बदर नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

पैतृक सम्पत्तिमा अंश पाउने हक व्यक्तिको जन्मजात हकका रूपमा हाम्रो कानूनले स्वीकार गरेको छ । त्यसैले जहिलेसुकै र जुनसुकै अवस्थामा पनि अंश पाउने हकबाट अंशियारलाई वञ्‍चित गर्न नमिल्ने । अंशियार कायम भई अंश पाउने ठहरी पुनरावेदन तहबाट समेत फैसला भइसकेपछि पुनरावेदक वादीको अंशभाग लाग्ने सम्पत्तिलाई बेचबिखन हकहस्तान्तरण गरी पुनरावेदक वादीको अंशभागमा जानीजानी प्रत्यक्ष असर पार्ने उद्देश्यले लिएको स्पष्‍ट हुन्छ । त्यसैले यस्तो सम्पत्तिलाई आफ्नो नाममा दर्ता रहेकै आधारमा अंशियारको मन्जुरीबिना बेचबिखन तथा कुनै प्रकारले हकहस्तान्तरण गर्न नपाइने । अंशियारको अंश हक नै मार्ने दूषित मनसाय राखी जानीजानी थाहा हुँदाहुँदै हक हस्तान्तरण गरिएको कार्यलाई दूषित कार्यका रूपमा नै लिइन्छ । त्यस्तो दूषित कार्यबाट कसैको हक अधिकार समाप्‍त हुन पुग्ने भएमा सो दूषित कार्य बदर हुन जाने । (प्रकरण नं.३) अदालतबाट हक निश्‍चित भइसकेको फैसलालाई अस्तित्वहीन गराउने उद्देश्यले जानीजानी गरेको कार्य कदाचित उचित र न्यायोचित मान्‍न सकिँदैन । अंशहक कायम भइसकेका जग्गाहरू फैसला कार्यान्वयनका क्रममा सो प्रक्रियालाई प्रभाव पार्ने र वादीको अदालतबाट स्थापित हकाधिकारलाई वञ्‍चित गराउने उद्देश्य लिई गरेको कार्य दूषित व्यवहार भएको स्पष्‍ट हुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9917
मुद्दाको विषयलिखत दाखेल खारेज बदर नामसारी
निर्णय वर्ष / मिति2073/11/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री उदयप्रकाश चापागाईँ
मुद्दा नं.०६७-CI-०३४५
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9917
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्