नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9914 · वि.सं. २०७४
नि.नं. 9914 — जग्गा खिचोला चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पनि जग्गामा व्यक्तिको हक हो होइन भन्ने कुरालाई हेर्ने मापदण्ड भनेको साबिकको हकको स्रोत, जसमा पहाडतर्फ भए पाखो जग्गामा मुखियामार्फत तिरो बुझाएको, खेत भए जिम्मावालद्वारा तिरो बुझाएको र तराइतर्फ जिमदारद्वारा तिरो बुझाएको देखिनु पर्छ । कुनै पनि जग्गाको साबिकको माटो मुरी, कोदाले, लगत दर्ता पोता, तिरो बुझाएको लगत रहेको देखिनु पर्छ । साबिक मुरी पाथी माना भन्नेलाई ०२१ सालपछि भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम ७ नं. फाँटवारी भरेको, सर्भे भएको ठाउँमा नापीको फिल्डबुकमा आफ्ना हकको स्रोतसमेत देखिने गरी दर्ता गराइएको देखिनुपर्छ । त्यसरी तराइतर्फ मधेस मालसवालबमोजिम र पहाडतर्फ साबिकको कानूनबमोजिम आआफ्नो जग्गाको लगत राखिएको देखिनु पर्ने । आफ्नो हक नै नभएको जग्गा भोग गर्दैमा सो जग्गामा पुनरावेदक प्रतिवादीहरूको हक स्थापित हुनसक्ने अवस्था नआउने । (प्रकरण नं.२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9914 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला चलन |
| निर्णय वर्ष / मिति | 2074/07/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री बालमुकुन्द दवाडी | माननीय न्यायाधीश श्री कोमलनाथ शर्मा | माननीय न्यायाधीश श्री मिहिरकुमार ठाकुर |
| मुद्दा नं. | ०६८-CI-०२५७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9914 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
