नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9913 · वि.सं. २०७४

नि.नं. 9913 — अङ्ग भङ्ग

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुटपिटबाट परेको घा चोटको सम्बन्धमा शरीरमा तत्कालै वा लामो समयमावधिसम्म वा जीवन भरी पर्ने शारीरिक मानसिक पीडालाई समेत अंगभंगको खतमा विचार गर्नुपर्ने हुन्छ । औषधि उपचारबाट कुटपिटको खत निको हुनसक्ने र निको भएको कारणले अंगभंगको खत नठहर्ने भन्‍ने होइन । निको भई काम लाग्नसक्ने अवस्था भएपनि अंगभंगको खत ठहर्न सक्‍ने देखिन्छ । वस्तुतः कुटपिटबाट व्यक्तिको शरीर अंगमा परेको घा चोटबाट तत्‍काल सो व्यक्तिलाई परेको शारीरिक मानसिक पीडालाई मध्यनजर राखी कुटपिटको कसुर सम्बन्धमा निष्कर्षमा पुग्नु पर्ने हुन्छ । निको भई काम लाग्ने भयो भन्दैमा अंगभंगको खत ठहर्दैन भनी व्याख्या गरिनु मुलुकी ऐन कुटपिटको महलको २ नं को कानूनी व्यवस्थाले मिल्ने नदेखिने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9913
मुद्दाको विषयअङ्ग भङ्ग
निर्णय वर्ष / मिति2074/07/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री केसवप्रसाद मैनाली | माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ
मुद्दा नं.०६७-CR-०२२८ | ०६८-CR-१४२८
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9913
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्