नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9909 · वि.सं. २०७४

नि.नं. 9909 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१क) मा भएको सजाय छोट्‍याउन नसकिने नकारात्मक सूचीका अपराधहरूमा जबरजस्ती करणीको अपराध समावेश भएपनि सोही नियमको उपनियम (२क) को व्यवस्थाले ७० वर्ष उमेर पुगेका कैदीहरूलाई पचहत्तर प्रतिशत सजाय छोट्‍याउन उपनियम (१क) मा रहेको सूची आकर्षित हुनसक्ने अवस्था देखिएन । उपनियम (२क) ले नै ७० वर्ष पुगेका कैदीहरूलाई सजाय छुट दिँदा उपनियम (१क) लाई बाहेक गरेको हुँदा उमेरको आधारमा सजाय छोट्‍याउँदा उपनियम (१क) मा उल्लिखित अपराधमा सजाय पाएका कैदीहरूको हकमा समेत उपनियम (२क) आकर्षित हुने । (प्रकरण नं.६) सम्मानपूर्वक बाँच्न पाउने हकभित्र स्वस्थ्य जीवन र बिरामी भएको अवस्थामा उपयुक्त उपचार गर्न पाउने हक पनि अन्तरनिहित रहेको हुने । बाँच्न पाउने अधिकार हरेक व्यक्ति मानव भएर जन्मेको कारणले उसको अन्तरनिहित अधिकार हो । यो अधिकार प्रचलनार्थ नागरिक, अनागरिक वा अन्य कुनै आधारमा समेत विभेद गर्न नपाइने । (प्रकरण नं.७) विदेशी नागरिक भए पनि निजको उमेर कारागार नियमावलीमा उल्लेख भएको उमेर सिमा नाघेको देखिएको अवस्थामा सजाय माफी, मुलतबी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यविधि, २०७१ मा भएको व्यवस्थाको कारणले निजको सजाय छोट्याउन मिल्दैन भनी भन्नु न्यायोचित हुने नदेखिने । सजाय माफी, मुलतबी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यविधि, २०७१ले कारागार नियमावलीले प्रदान गरेको सुविधालाई सिमित गर्न सक्ने देखिँदैन । यी दुवैमा भएको व्यवस्था एक आपसमा विरोधाभाषपूर्ण रहेमा नियमावलीको व्यवस्थाले प्राथमिकता पाउने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9909
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2074/12/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
मुद्दा नं.०७३-WO-१३२१
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9909
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्