नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9907 · वि.सं. २०७४

नि.नं. 9907 — मोही लगत कट्टा

सिद्धान्त / नजिर सार (Headnote Summary)

मोहियानी हकको प्रमाणपत्र कानूनी प्रक्रिया पूरा गरी साधिकार निकायले प्रदान गर्ने भोगाधिकारको प्रमाण हो । यस्तो वैधानिक रूपमा तयार भएको कानूनी अस्तित्व राख्ने कागज प्रमाणलाई अन्यथा प्रमाणित नभएसम्म वैध विश्वासको आधारमा समेत रीतपूर्वक नै रहेको मान्नुपर्ने । अदालतले कानूनबमोजिम अनुमान गरेको कागज प्रमाणलाई अन्यथा भनी जुन पक्षले जिकिर लिन्छ प्रमाण ऐन, २०३१ को दफा २९ बमोजिम त्यसरी अन्यथा भनी जिकिर लिने पक्षले प्रमाण पेस गरी खण्डन गर्नुपर्ने । (प्रकरण नं.४) एकै परिवारभित्रको सन्तान हो भन्‍ने कुराका सम्बन्धमा ठोस प्रमाण पेस नभएको अवस्थामा निवेदनको पृष्ठभूमिमा भएको सिफारिसको मात्र आधारमा स्थापित गर्न नसकिने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9907
मुद्दाको विषयमोही लगत कट्टा
निर्णय वर्ष / मिति2074/01/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री भीम कुमार ओझा
मुद्दा नं.०७१-CI-१०३४
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9907
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्