नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9904 · वि.सं. २०७४

नि.नं. 9904 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

ऋण खाँदाको अवस्थामा सँगै बसेको आधारलाई मात्र प्रमाण मान्ने हो भने त्यसबाट मर्का पर्ने पक्षले न्यायको रोहमा प्रतिवाद गर्न पाउनु पर्दछ, सो नपाएको अवस्थामा प्रतिवाद गर्न नपाएको त्यस्तो कार्यलाई कानूनी मान्यता दिन नमिल्ने । एकासगोलमा रहे बसेकै कारणले मात्र एकासगोलमा लिएको ऋण भनी सगोलका अंशियारहरू सबैले दायित्व बहन गर्नुपर्दछ भनी अर्थ गर्न पनि नमिल्ने । बिगो भराइदिने सिलसिलामा अदालतले साहूले देखाएको अन्य अंशियारको नाममा रहेको सम्पत्तिबाट बिगो भराउँदा ऋणीलाई भन्दा निजका अंशियारहरूको हकमा प्रत्यक्ष असर पुग्ने हुँदा सर्वप्रथम ऋणीकै नाममा रहेको जेथाबाट मात्र भरिभराउ गरी सोबाट असुलउपर नभएमामात्र मुलुकी ऐन, दण्ड सजायको २६ नं. लगायतका प्रचलित कानूनको प्रक्रिया अवलम्बन गरी अन्य सगोलका अंशियारको नाममा रहेको सम्पत्तिबाट भरीभराउ गर्नुपर्ने हुन्छ । लेनदेन मुद्दाको फैसलाबमोजिम वादीले प्रतिवादीसँग बिगो भराई लिन पाउने कानूनी हक वादीमा निहित भए तापनि सो हकलाई निरपेक्षरूपमा हेर्न नमिल्ने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9904
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2073/06/05
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत
मुद्दा नं.०७०-NF-०००२
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9904
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्