नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9903 · वि.सं. २०७४

नि.नं. 9903 — दर्ता फुटाई चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

वादी प्रतिवादीका बीच विवाद खडा हुनुपूर्व नै तयार भएका लिखत प्रमाणहरू प्रमाणमा लिन नमिल्ने हुँदैन । यदि त्यस्ता लिखत प्रमाणहरू प्रमाणमा नलाग्ने वा प्रमाणमा लिन नमिल्ने अवस्था छ भने फैसलामा के कति कारणले प्रमाणमा नलाग्ने वा प्रमाणमा लिन नमिल्ने भन्ने कुरा उल्लेख हुनुपर्ने । (प्रकरण नं.३) कसैले व्यक्त गरेको कुरा आफ्नो हितप्रतिकूल हुन जाने देखेर त्यस्तो कुरा व्यक्त गर्ने व्यक्तिलाई प्रतिवादी कायम गरी नालेस दिएकै कारणले त्यस्तो नालेस पर्नुभन्दा अघि नै व्यक्त गरेको कुरा प्रमाणमा लिन मिल्ने । सर्जमिनमा व्यहोरा लेखाउने व्यक्तिहरू वादी प्रतिवादीका बीचको सम्बन्धका बारेमा विशेष जानकारी भएका व्यक्ति भएकोले निजहरूले व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा २३ को उपदफा (४) मा उल्लेख भएबमोजिम कुनै व्यक्तिको कुनै व्यक्तिसँग सम्बन्ध छ वा छैन भन्ने कुराको विशेष जानकारी राख्ने व्यक्ति भएकोले निजको भनाइलाई प्रमाणमा लिन मिल्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9903
मुद्दाको विषयदर्ता फुटाई चलन
निर्णय वर्ष / मिति2073/09/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री मीरा खड्का | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री उद्धवप्रसाद बास्कोटा | माननीय न्यायाधीश श्री गोविन्द कुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री अनुपराज शर्मा | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी
मुद्दा नं.०६८-NF-०००४
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9903
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्