नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9902 · वि.सं. २०७४
नि.नं. 9902 — नामसारी दर्ता बदर दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
सारभूत कानूनले सुरक्षित गरेको हक अधिकारको प्राप्ति उचित कार्यविधिको पालनामा निर्भर गर्दछ । मुद्दाको रोहमा कानूनमा उल्लिखित कार्यविधिको अनुशरण एवम् प्रयोग गर्ने दायित्व मुद्दाका पक्षमा रहने हुन्छ । उल्लिखित कार्यविधिको पालना नगरी त्यस्तो हक अधिकार दाबीको कुनै औचित्य रहँदैन । दाबी गर्नु मात्र अधिकारप्राप्तिको प्रयाप्त आधार हुन सक्दैन । औचित्य नै कायम हुन नसक्ने दाबीको तथ्यभित्र प्रवेश गरी अदालतले आफ्नो श्रम र स्रोत प्रयोग गर्नसमेत नमिल्ने । (प्रकरण नं.८) मुद्दाको सिलसिलामा जसले जुन कुरामा दाबी वा माग गरेको हुन्छ निजको मृत्युपश्चात् उक्त दाबीमा निजको हक पुग्ने दैयादारले आफ्नो हक पुग्ने सम्बन्ध कायम नगरेसम्म सो वस्तुमा स्वतः निजको हक सृजना हुन सक्दैन । देवानी मुद्दामा पक्षको निधन पछि निजको सम्पत्तिमा आफ्नो हक स्थापित गर्न चाहने पक्षले मुद्दा सकार गर्नु अनिवार्य हुने । (प्रकरण नं.९) मद्दा गर्ने पक्षको नै मृत्यु भइसकेपछि सो मुद्दाबाट सृजित हुने लाभ वा बेहोर्नु पर्ने दायित्व लिने व्यक्तिले मुद्दा सकार नगरेसम्म मुद्दाको तथ्यभित्र प्रवेश गरी निर्णयमा पुग्नुको अर्थ रहँदैन । यस्तो अवस्थामा अ.बं.१८५ क को कानूनी व्यवस्था आकर्षित हुने भन्ने होइन । अ.बं.६२(३) र ७० नं. को कानूनी व्यवस्थाले मुद्दाका पक्षको मृत्यु भएपछि निजको हकदारले उक्त मुद्दा सकार गर्नु नै पर्ने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9902 |
|---|---|
| मुद्दाको विषय | नामसारी दर्ता बदर दर्ता |
| निर्णय वर्ष / मिति | 2073/09/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री मीरा खड्का | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी |
| मुद्दा नं. | ०६६-CI-०३५९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9902 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
