नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9901 · वि.सं. २०७४
नि.नं. 9901 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
समान पुस्ताको श्रीमान्ले श्रीमतीबाट अंश लिन पाउन रोक नलगाएको अवस्थामा श्रीमान्ले श्रीमतीलाई अंश दिनुपर्ने भनी भएको कानूनी व्यवस्थाको आधारमा श्रीमतीले श्रीमान्लाई अंश दिनु नपर्ने भनी रोक लगाउँदा त्यो अंशबन्डाको १० नं.को कानूनी व्यवस्थाको संकुचित व्याख्या हुन जानुको साथै वास्तविक विधायिकी मनसायको प्रतिकूल हुन जाने । (प्रकरण नं.३) समान पुस्ताका वादी र प्रतिवादी सगोलमा नै रहेको र त्यहीबेलामा भएको सम्पत्ति हस्तान्तरण गर्ने कार्यले सो पैतृक सम्पत्तिबाट वादी लोग्ने अंश हकबाट वञ्चित हुने गरी व्याख्या गर्न मिल्ने नदेखिने । (प्रकरण नं.४) एकासगोलको अंशियारको नाममा भएको सम्पत्ति सगोलकै अन्य अंशियारको नाममा बकसपत्रको माध्यमबाट हस्तान्तरण हुँदैमा सो सम्पत्तिमा अन्य अंशियारको अंश हक लाग्दैन भनी अर्थ गर्न मिल्दैन । प्रमाण ऐन, २०३१ को दफा ६(क) को व्यवस्थाअनुसार अन्यथा प्रमाणित नभएसम्म एकाघरका अंशियारमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति भनी अनुमान गर्नुपर्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9901 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2073/09/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री विश्वम्भर प्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री शेषराज सिवाकोटी | माननीय न्यायाधीश श्री मिहिर कुमार ठाकुर |
| मुद्दा नं. | ०७१-CI-०९९९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9901 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
