नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9900 · वि.सं. २०७४
नि.नं. 9900 — सरकारी छाप दस्तखत किर्ते
सिद्धान्त / नजिर सार (Headnote Summary)
फौजदारी मुद्दामा कुनै व्यक्तिले आफूले गरेको कार्यको मात्र दायित्व बहन गर्नुपर्ने भएकोले निजले गरेको कार्य प्रमाणबाट शंकारहित तवरले पुष्टि हुन आएको अवस्थामा मात्र सो कार्यको लागि कानूनमा तोकिएको सजाय निजले भोग्नु पर्ने । (प्रकरण नं.५) प्रमाण ऐन, २०३१ को दफा २५ ले दाबी प्रमाणित गर्ने भार वादी पक्षमा निहित गरेकोमा साक्षी प्रमाण पेस गरी दाबी प्रमाणित गराउनुको सट्टा प्रतिवादी लाभकर्ता भएको कारणबाट कसुरदार रहेको भन्ने जिकिर प्रत्यक्षतः प्रमाणित नभएको अवस्थामा लाभकर्ता भएको कारणले गर्दै नगरेको अपराधको दण्डको भागी बनाउन न्यायको रोहमा उचित हुन नसक्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9900 |
|---|---|
| मुद्दाको विषय | सरकारी छाप दस्तखत किर्ते |
| निर्णय वर्ष / मिति | 2074/06/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री अनिल कुमार सिन्हा | माननीय न्यायाधीश श्री महमद जुनैद आजाद | माननीय न्यायाधीश श्री चण्डीराज ढकाल | माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे |
| मुद्दा नं. | ०७३-CR-०२६५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9900 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
