नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 99 · वि.सं. २०१७
नि.नं. 99 — सरसिओररी वा अन्य उपयुक्त रीट जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) छापाखाना प्रकाशन सम्बन्धी ऐनको दफा ८ को १ बमोजिम प्रकाशन गर्न पाउने अधिकारको प्रचलन तोकिएको अवधी भित्र गराउनु पर्ने । आदेशले कुनै नागरिकको कानूनद्वारा प्रदत्त अधिकारको प्रचलन गराई दिनु नै सर्वोच्च अदालत ऐनको दफा ११ को मुख्य उद्देश्य भएको प्रस्तुत मुद्दामा छापाखाना प्रकाशन सम्बन्धी ऐनको दफा ८ को १ बमोजिम प्रकाशन गर्न पाउने मेरो अधिकार प्रचलन गराई पाउँ भन्ने निवेदकको माग भएकोमा जुन अवधी भित्र उक्त अधिकार प्रचलन गराउनु पर्ने हो सो अवधि नै व्यतित भइसकेकोले मागिएको रीट जारी गर्न मिल्दैन । (प्रकरण नं. १) (२) सर्वोच्च अदालत ऐनको दफा ११ को आसय कुनै आदेशलाई कानूनी वा गैरकानूनी भनी निर्णय गर्नु मात्र नभई कानूनद्वारा प्रदत्त अधिकार प्रचलन गराउने पनि हो । क्षतिपूर्ति दावातर्फ प्रचलित कानून बमोजिम नालिस गर्नुपर्ने । अधिकार प्रचलन गराउन नसके पनि मजिष्ट्रेटको त्यस्तो गैरकानूनी आदेश बदर घोषित हुनुपर्छ र सोही आधारमा नागरिक अधिकार ऐन बमोजिम क्षतिपूर्तिको दावा गर्न पाउँछु भन्ने निवेदकको जिकिरका हकमा सर्वोच्च अदालत ऐनको दफा ११ को आसय कुनै आदेशलाई कानूनी वा गैरकानूनी भनी निर्णय गर्ने मात्र नभई कानूनद्वारा प्रदत्त अधिकार प्रचलन गराउने पनि हो र क्षतिपूर्ति दावा गर्ने तर्फ प्रचलित कानून बमोजिम नालिस गरे भए हुने हुँदा निवेदकको जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 99 |
|---|---|
| मुद्दाको विषय | सरसिओररी वा अन्य उपयुक्त रीट जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2017/07/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१७, नि.नं. 99 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
