नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9895 · वि.सं. २०७४

नि.नं. 9895 — अपहरण तथा कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै श्रृङ्खलाबद्ध वारदात भएको अवस्थामा कुनै एउटा कसुरमा सजाय ठहर गर्दैमा अन्य ऐनको प्रयोजन पूरा हुँदैन । प्रत्येक ऐनअनुसारको कसुर ठहर हुन्छ वा हुँदैन भनी अदालतले अभियोग दाबीअनुसारका सबै प्रश्नको निरूपण गर्नुपर्दछ । ठूलो सजाय हुने खत वा कसुर ठहर हुँदैमा अन्य कसुरका सम्बन्धमा सजाय ठहर गर्नबाट पन्छिन नमिल्ने । मुलुकी ऐन, दण्ड सजायको महलको ४१ नं. को व्यवस्था सजाय ठहर भइसकेपछि कैद ठेक्ने सम्बन्धमा अपनाउने विधि सम्बन्धित हुनसक्ने कैदको हद कायम गर्ने सम्मको व्यवस्था हो । ज्यान र अपहरण गरी दुवै कसुर ठहर गरिएको कारणबाट दण्ड सजायका महलको ४१ नं. विपरीत हुँदैन । ठहर भएको कैद असुल गर्ने (कैद ठेक्ने) सन्दर्भमा भने उक्त ४१ नं. मा रहेको प्रावधानको अनुशरण गरिनुपर्ने । (प्रकरण न. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9895
मुद्दाको विषयअपहरण तथा कर्तव्य ज्यान
निर्णय वर्ष / मिति2074/05/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री कुमारप्रसाद पोखरेल | माननीय न्यायाधीश श्री सरिता शर्मा
मुद्दा नं.०७१-CR-११३६ | ०७१-CR-१३९६
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9895
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्