नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9894 · वि.सं. २०७४
नि.नं. 9894 — दर्ता बदर दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
सरकार तथा यसका निकायहरूले नगर्नुपर्ने काम गरेको वा गर्नुपर्ने काम नगरेको कारणबाट कसैको हक हितमा नै असर पार्नु वा हक अधिकार खोस्नु न्यायोचित नहुने । एकपटक कुनै व्यक्तिका नाममा श्री ५ को सरकारको निकायले नै दाखिल खारेज गरिदिएको जग्गालाई हाल आएर पर्ती सरकारी जग्गा हो भनी भनेको आधारमा पर्ती सरकारी जग्गा मानी व्यक्तिलाई हकाधिकारबाट वञ्चित गर्दा व्यक्तिलाई अपूरणीय क्षति हुन जाने । श्री ५ को सरकार तथा यसको निकाय मालपोत र जग्गाको आवश्यक व्यवस्था गर्न अधिकारप्राप्त श्री ५ को सरकारको प्रतिनिधिका रूपमा रहने जिम्दार कचहरीले दाखेल खारेज तथा सकार गरिदिएको त्रुटिपूर्ण नै भएको भए पनि हाल आएर कसैको हक स्वामित्व नै खोसिने कार्य गर्नु न्यायोचित हुन नसक्ने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9894 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर दर्ता |
| निर्णय वर्ष / मिति | 2073/09/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री हेमराज पन्त | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही |
| मुद्दा नं. | ०७२-CI-११४५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9894 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
