नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9892 · वि.सं. २०७४
नि.नं. 9892 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुलुकी ऐन, दण्ड सजायको ८ नं. को कानूनी व्यवस्थाअनुसार सर्वस्वसहित जन्मकैदको सजाय भएको मितिमा थुनाबाट भागेको वा छुटेको अवस्थामा अर्को कसुर गरेको अवस्थामा बाहेक सर्वस्वसहित जन्मकैद भएपछि थप सजाय हुने नदेखिने । (प्रकरण नं. ९) मुलुकी ऐन, दण्ड सजायको ४१ नं. को अन्तिम वाक्यांश र दण्ड सजायको ८ नं. को व्यवस्थाको संयुक्त अध्ययन गर्दा सर्वस्वसहित जन्मकैद हुने ठहरी फैसला भइसकेपछि अर्को सर्वस्वसहित जन्मकैद हुने कसुर गरेकोमा सो कसुरबापत थप कैद ठेक्न मिल्ने नदेखिने । (प्रकरण नं. १०) कानूनको शासनमा कानून सर्वोपरी हुन्छ । कुनै पनि व्यक्तिलाई कसुर गर्दाको अवस्थामा कायम रहेको कानूनले तोकेभन्दा बढी सजाय गर्न मिल्दैन । प्रचलित कानूनको अख्तियारी बिना वा कानूनभन्दा बाहिर गई सजाय हुनु र गरिनु कानूनको शासनविपरीत हुन जाने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9892 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2074/04/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे |
| मुद्दा नं. | ०७३-WO-०९०४ | ०७०-CR-००९३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9892 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
