नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9890 · वि.सं. २०७४
नि.नं. 9890 — अपहरण तथा कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
वारदातमा नेपालबाट नाबालकलाई अपहरण गरी भारत पुर्याई भारतमा नै रहेको अवस्थामा ज्यान मारेकोले कर्तव्य गरी ज्यान मारेको कसुरमा समेत बहिर्क्षेत्रीय क्षेत्राधिकार लागू हुने अवस्था रहने भएकोले नेपालकै अदालतको बहिर्क्षेत्रीय क्षेत्राधिकार (Extraterritorial jurisdiction) लागू हुने । (प्रकरण नं. ६) अभियोग दाबीअनुसारको कसुरगरेबापत हुने सजायबारे विवेचना नगरी अधिकतम सजाय हुने कसुरसम्मको सजाय हुने भनी ठहर गर्नुलाई कानूनअनुरूपको निर्णयको संज्ञा दिन सकिँदैन । धेरै कसुरबापत भएको सजायको हद तोक्ने सम्बन्धमा प्रचलित कानूनबमोजिम सजाय गाभिन सक्ने हुँदा कसुरदारले आरोपित कसुरहरू गरे नगरेको कुरा ठहर गर्नु न्यायकर्ताको कर्तव्य हुन आउने । (प्रकरण नं. ७) कर्तव्य ज्यानको कसुरमा जन्म कैदको सजाय भइसकेको र दण्ड सजायको ८ र ४१ नं. बमोजिम सानो खतको कैद खापिने भएकोले अपहरण गर्ने तथा शरीर बन्धक लिनेको ३, ७ र ९ नं. बमोजिमको कैद सजाय थप गरिरहन नपर्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9890 |
|---|---|
| मुद्दाको विषय | अपहरण तथा कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2074/03/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री रामप्रसाद अधिकारी | माननीय न्यायाधीश श्री गिरिराज पौड्याल |
| मुद्दा नं. | ०७१-CR-०९४१ | ०६९-CR-०४९८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9890 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
