नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9889 · वि.सं. २०७४

नि.नं. 9889 — अपहरण तथा शरीर बन्धक

सिद्धान्त / नजिर सार (Headnote Summary)

अपहरण तथा शरीर बन्धक लिने अपराध संगठित तवरले हुने गरकोले त्यस्तो अपराधमा प्रायः एकभन्दा बढी व्यक्तिको संलग्नता रहेको हुन्छ । यस्ता प्रकृतिको अपराधमा विभिन्न व्यक्तिहरूको विभिन्न भूमिका हुन सक्ने र मुख्य वारदात घटाउने स्थलमा वास्तविकरूपमा वारदातमा संलग्न व्यक्तिहरू भन्दा कम संख्यामा व्यक्तिहरू उपस्थित भई वारदात घटाएको हुने । तर यस्तो वारदातमा घटनास्थलमा नदेखिने व्यक्तिहरूको भूमिका गौण वा सहायक नहुने । निजहरूको भूमिका वारदात स्थलमा देखिने व्यक्तिहरूको जत्तिकै वा अझै महत्त्वपूर्ण हुने । (प्रकरण नं. १२) अपहरणसम्बन्धी अपराध मानवता विरूद्धको अपराध भएको र त्यस प्रकृतिको अपराधमा संलग्न व्यक्तिहरूको पृथकपृथक भूमिका रहने हुँदा वारदात स्थलबाट पक्राउ नपर्दैमा कसुरमा संलग्न रहेको छैन भनी निष्कर्षमा पुग्न नमिल्ने । अपहरित नाबालकलाई उद्धार गर्ने क्रममा भएको गोली हानाहानबाट दुईजनाको मृत्यु भई नाबालकको उद्धार गरी ल्याइएको तथ्य प्रहरी कर्मचारीहरूको बकपत्रबाट समर्थित भइरहेकोमा जाहेरवाला र पीडितको बकपत्र नहुँदैमा कसुर नै स्थापित नभएको भन्न नमिल्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9889
मुद्दाको विषयअपहरण तथा शरीर बन्धक
निर्णय वर्ष / मिति2074/05/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री अमृतबहादुर बस्नेत | माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य | माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा
मुद्दा नं.०७१-CR-१३८७ | ०७१-CR-१५६८ | ०७१-CR-१६२१ | ०७३-CR-०१०९
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9889
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्