नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9888 · वि.सं. २०७४

नि.नं. 9888 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

धार्मिक परोपकारी कार्य गर्नको लागि राखेको गुठी जग्गामा सडक निर्माण भएको अवस्थामा त्यसको मुआब्जासमेत नपाउने हो भने गुठीको आम्दानीको स्रोत गुम्न पुगी जुन उद्देश्यबाट गुठी राखिएको हो त्यसको पूर्ति हुन नसकी प्रतिकूल असर पर्न जाने देखिन्छ । जसको परिणामस्वरूप गुठीको उद्देश्य नै पराजित भई धर्मलोपको अवस्था उत्पन्‍न हुने जाने हुन्छ र धार्मिक स्वतन्त्रता, स्वधर्मको कार्यमा प्रतिकूल असर पर्न गई धार्मिक आस्थामा चोट पुग्न सक्ने । (प्रकरण नं. ३) सार्वजनिक प्रयोगका लागि राज्यले व्यक्तिको निजी सम्पत्तिमाथि अधिकार ग्रहण गर्न सक्छ तर यसरी निजी सम्पत्ति प्राप्‍त गर्दा कानूनबमोजिमको उचित क्षतिपूर्ति दिनुपर्ने हुन्छ । विना क्षतिपूर्ति राज्यले व्यक्तिको सम्पत्ति प्राप्‍त गर्न नसक्ने । (प्रकरण नं. ४) एउटै विषयमा कसैलाई मुआब्जा दिने कसैलाई नदिने गरी राज्यबाट असमान व्यवहार गरिनु स्वीकार्य हुन नसक्ने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9888
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2074/02/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
मुद्दा नं.०६९-WO-१२५३
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9888
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्