नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9883 · वि.सं. २०७४

नि.नं. 9883 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

अपराधीलाई दिइएको सजायबाट भविष्यमा समाजमा अरूले त्यस्तै प्रकृतिको कसुर नगरून् र समाज भयमुक्त रहोस् भन्ने दण्डको उद्देश्य भएपनि सजाय पाएको अभियुक्तले सजाय व्यतितपश्चात् समाजमा पुनर्स्थापित हुने अवस्थासमेत गराउनुपर्ने भन्ने दण्डको आधुनिक मान्यता स्थापित भएको पाइने । न्यायकर्ताले न्याय पार्ने उद्देश्य लिई सजायको मात्रा निर्धारण गर्नुपर्ने हुन्छ । यान्त्रिकरूपबाट अधिकतम सजाय गरेमा न्यायको उद्देश्य परास्त हुन जाने । अपमानित मनोदशामा रहेकी प्रतिवादीबाट घट्न गएको यस्तो वारदातमा अ.बं.१८८ बमोजिम ७ (सात) वर्ष सजाय हुन मानवीय र न्यायिक दृष्टिकोणबाट उपयुक्त हुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9883
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2074/09/13
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री भोजराज शर्मा | माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल | माननीय न्यायाधीश श्री नित्यानन्द पाण्डेय | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०७३-NF-००२५
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9883
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्