नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9879 · वि.सं. २०७४

नि.नं. 9879 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

वारदातको दिन आफूलाई सो वारदातमा नभई अन्य ठाउँमा छु भनी देखाउने व्यक्तिले त्यस ठाउँमा भएको सबुत गुजार्नु पर्ने । (प्रकरण नं. ३) जबरजस्ती करणीको कसुर हुनका लागि मुख्यतः तीन वटा आधारभूत तत्त्व हुनु अनिवार्य हुन्छ । जबरजस्ती करणी गर्ने मनसाय, जबरजस्ती करणी गर्ने कार्य र पीडितको करणी गर्ने कार्यमा मन्जुरी नभएको अवस्था । यस्ता आधारभूत तत्त्व विद्यमान भएको अवस्थामा जबरजस्ती करणीको कसुर स्थापित हुने । पीडितले अदालतमा समेत आई आफूउपर घटेको घटनाको सम्बन्धमा सविस्तार वर्णन गरी मौकामा दिएको जाहेरीलाई समर्थित हुने गरी बकपत्र गरिदिएको तथा पीडितको शरीरको विभिन्‍न भागहरूमा निलडामहरू भएको भन्ने पीडितको तत्काल भएको शारीरिक परीक्षण रिर्पोटमा उल्लेख भएबाट करणी गर्ने कार्यमा पीडितको मन्जुरी नभएको पुष्टि हुन्छ । जबरजस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेको स्वयम् पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षण हुने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9879
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2074/04/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खड्का | माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ | माननीय न्यायाधीश श्री प्रकाशराम मिश्र
मुद्दा नं.०६७-CR-०७२७
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9879
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्