नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9867 · वि.सं. २०७४
नि.नं. 9867 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
निश्चित समूह वा वर्गका कर्मचारीहरूका बीच हुने (आन्तरिक) प्रतिस्पर्धा र खुल्ला प्रतिस्पर्धाका बीच आधारभूतरूपमा नै भिन्नता रहन्छ । यस प्रकारको भिन्नतातर्फ विचार नगरी सबैको हकमा निजामती सेवा ऐन, २०४९ को दफा २२ (घ) र दफा २६ को व्यवस्था लागू हुन्छ भन्नु उचित नहुने । खुल्ला प्रतियोगिता र सेवा परिवर्तनका लागि गरिने आन्तरिक प्रतियोगिताको कुरामा गुणात्मकरूपमा पनि फरक अवस्था रहन्छ । खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्ति भएका कर्मचारीले पहिले गरेको सेवालाई निरन्तरता दिएको अवस्थामा त्यसलाई बढुवा प्रयोजनका लागि सेवा अवधिको रूपमा गणना गर्न नमिल्ने भनी कुनै कानूनले निषेध गरेको देखिँदैन । कानूनले बन्देज नलगाएको अवस्था हुँदा निर्धारित प्रक्रियाअनुसार सेवा परिवर्तन गर्ने कर्मचारीहरूका हकमा आकर्षित हुने ऐनको दफा २२(घ) र दफा २६ अनुसारकै बन्देज खुल्ला प्रतिस्पर्धाका आधारमा नियुक्ति भएका कर्मचारीका हकमा पनि लागू हुन्छ भन्नु मनासिब नदेखिने । निजामती सेवा ऐनको दफा २४घ१क अनुसार गरिने बढुवा समयबद्ध पदोन्नती (Time bound promotion) सम्बन्धी व्यवस्था भएकाले यसलाई अन्य प्रकारको बढुवा प्रक्रियाभन्दा फरक अर्थमा कर्मचारीलाई लामो अवधि सेवा गरेबापत प्रोत्साहन स्वरूप गरिने बढुवाको रूपमा हेरिनु पर्ने । (प्रकरण नं. ६) पछिल्लो मितिमा बढुवा भयो भन्दैमा अनुचित र गैरकानूनी तवरबाट पहिले बढुवा हुनबाट वञ्चित गरिएको कुराको समुचित उपचार प्राप्त भएको सम्झन मिल्दैन । त्यसो गरिएमा निवेदकको वृत्ति विकासको वैद्य अपेक्षामा प्रतिकूल असर पर्न जाने अवस्था रहन्छ । समन्यायिक दृष्टिले हेर्दा पनि त्यस प्रकारको स्थिति कायम रहन दिनु उचित नहुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9867 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2074/02/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल |
| मुद्दा नं. | ०७१-WO-०१५४ | ०६९-WO-१०४५ | ०६९-WO-०९०१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9867 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
