नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9865 · वि.सं. २०७४
नि.नं. 9865 — निषेधाज्ञा
सिद्धान्त / नजिर सार (Headnote Summary)
राजीनामा पारित गरी रजिष्ट्रेशनसमेत भएको लिखतविपरीत समान अवस्थामा अर्को घरसारको लिखत भएको छ भन्दैमा घरसारको लिखितले मान्यता प्राप्त गर्नसक्ने अवस्था नहुने । (प्रकरण नं.६) करारद्वारा सिर्जित करारीय हक र दायित्वले कानूनी हक र दायित्वलाई समाप्त गर्न अनि कानूनी हक र दायित्व समाप्त गरी छुट्टै हक र अधिकार सिर्जना गर्न नसक्ने । (प्रकरण नं.७) कानूनद्वारा सिर्जित हक र दायित्वका विषयमा त्यसको बर्खिलाप हुने गरी निषेधाज्ञाको आदेश जारी गर्न नमिल्ने । निषेधाज्ञाको आदेश मूलतः कुनै निकाय वा अधिकारी वा व्यक्तिले अवैध वा अनधिकृत कार्य गरी कसैको कानूनी अधिकारमा आघात पुर्याउने आशंकाको अवस्थामा सो कार्य रोक्नका लागि जारी गरिने आदेश हो । निषेधाज्ञाको आदेश जारी हुन विवादित विषयमा निवेदकको निर्विवाद हक वा स्वामित्व भएको हुनुपर्ने । निषेधाज्ञाको अर्थ कुनै व्यक्तिको निर्विवाद हकमा हुन जाने अवरोधलाई निषेध गर्नु हो तर कुनै व्यक्तिको हक सिर्जना गर्नु वा समाप्त गर्नु होइन । विवादित कार्यबाट हुने नोक्सानीलाई रोक्न र बढी हानि हुनबाट बचाउन निषेधाज्ञा जारी गरिन्छ । यो अस्थायी प्रकृतिको आदेश हो । निवेदकले विवादित विषयमा आफ्नो निर्विवाद हक देखाउन नसकेको अवस्थामा निषेधाज्ञाको आदेश जारी नहुने । (प्रकरण नं.८) करार सम्बन्धमा छुट्टै कानूनी मार्ग हुँदाहुँदै अन्य क्षेत्राधिकारमार्फत निषेधाज्ञाको आदेश जारी गरी करारका विषयवस्तुमा भएको कानूनी व्यवस्थालाई निस्तेज तुल्याउने गरी आदेश गर्नु उपयुक्त र मनासिब हुँदैन । करारीय दायित्वको विषयमा सोही ऐन नै आकर्षित हुनु उपयुक्त हुने । (प्रकरण नं.९) पुनरावेदक / निवेदक : प्रत्यर्थी / विपक्षी :
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9865 |
|---|---|
| मुद्दाको विषय | निषेधाज्ञा |
| निर्णय वर्ष / मिति | 2073/12/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भर प्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री द्वारिकामान जोशी |
| मुद्दा नं. | ०७०-CI-०३३० | ०६५-CI-०००८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9865 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
