नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9862 · वि.सं. २०७४

नि.नं. 9862 — गैंडालाई गोली हानी घाइते बनाएको

सिद्धान्त / नजिर सार (Headnote Summary)

लोपोन्मुख प्रजातिलाई संरक्षण गर्न गैंडा मार्ने घाइते पार्ने जस्ता कसुरलाई गम्भीर कसुर मानी सजायको व्यवस्था हाम्रो विद्यमान कानूनमा समेत कठोररूपमा रहेको छ । गैंडा मार्ने योजनामा संलग्नता भए तापनि हरेक व्यक्तिको आआफ्नो कसुरको भूमिका रहेको हुन्छ । ऐनले नै तजबिजी सजायको व्यवस्था गरेको छ । तजबिजी सजायको प्रयोग पनि कसुरको मात्राअनुसार वाञ्छनीय हुने । कैद र जरिवानाको तजबिजी सजाय गर्दा न्यायकर्ताले सदैव कसुरदारको कसुरको मात्रालाई ध्यान दिनुपर्ने हुन्छ । तजबिजी सजाय गर्दा अपराधमा संलग्न व्यक्तिको पूर्व आपराधिक क्रियाकलापलाई पनि विचार गर्नुपर्ने हुन्छ । विश्वबाट नै लोपोन्मुख हुने सम्भावना भएको गैंडा प्रजातिको शिकार गरी खागको व्यापार गर्ने समूहको नेटवर्क नै हुने गरेको छ । सबै कसुरदारले गरेको कार्यको समष्टिगत परिमाणबाट नै अपराधले पूर्णता पाउने हुँदा हरेक अपराधीको भूमिका गम्भिर प्रकृतिको मान्नुपर्ने । (प्रकरण नं.११) निकुञ्‍ज क्षेत्रभित्र गोली चलेको तथ्य पुष्‍टि भइरहेको अवस्था, गैंडा घाइते देखिएको भन्‍ने प्रतिवेदन र प्रतिवादीहरू भेला भई बसेको घरमा पक्राउ पर्दा बरामद भएका गैंडा मार्ने बन्दोबस्तीका सामानहरू बरामद भएका परिस्थितिजन्य प्रमाण र प्रतिवादीहरूको कसुर अपराधलाई स्वीकार गरी गरेको बयान कागजातबाट आरोपित कसुरमा प्रतिवादीहरूको संलग्नता थिएन भन्‍न नसकिने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9862
मुद्दाको विषयगैंडालाई गोली हानी घाइते बनाएको
निर्णय वर्ष / मिति2073/12/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्‍ठ
मुद्दा नं.०६८-CR-१०६३ | ०६८-CR-१०६४ | ०६८-CR-११३६ | ०६८-CR-११७३ | ०६८-CR-११९३
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9862
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्