नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9861 · वि.सं. २०७४
नि.नं. 9861 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
कसैलाई बोक्सी वा बोक्साको आरोप लगाउनु, सताउनु, अपहेलना, वा वहिष्करण गर्नु, आक्रमण गर्नु, सामाजिक बेइजति गर्नु वा मार्नु जघन्य अपराध हो । कसैलाई बोक्सा बोक्सीको आरोप लगाउनु मात्र पनि आरोपित व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने, स्वतन्त्रपूर्वक हिँड्डुल, कारोबार, व्यवसाय गर्न पाउने हकउपरको आक्रमण हो । यस दृष्टिबाट यो मानव अधिकारको गम्भीर उल्लङ्घनको प्रश्न हुन आउने । बोक्सी लगाएको भनी झारफुक गर्ने गराउने, बोक्सीको आरोप लगाई हिंसामा उत्रने वा त्यस्तो हिंसा हेरी ताली पिट्नेहरू बोक्सीको अस्तित्वमा विश्वास गर्छन् । बोक्सीउपर शारीरिक वा मानसिक हिंसामा उत्रनेहरू आफूहरूले बोक्सी भनी आरोप लगाइएका व्यक्तिहरू उपर अन्याय गरेको ठान्दैनन् बरू आफूले न्याय खोजेको र दैवी शक्तिको आडमा न्याय दिएको महसुस गर्छन् । यो मान्यता र अन्धविश्वासबाट समाजलाई बाहिर ननिकालेसम्म हामी यो समस्याबाट मुक्त हुन सक्दैनौं । त्यसको निम्ति सर्वप्रथम बोक्सी-बोक्सा हुँदैनन् भन्नेमा समाजलाई विश्वास दिलाउनु पर्ने । धामी झाँक्रीले सामाजिक सेवा नभई समाजमा अन्धविश्वास फैलाउने र त्यसैको आडमा शोषण गरिरहेका छन् भन्ने पुरूष, महिला, बाल, युवा, प्रौढ सबैलाई बुझाउन जरूरी छ । बोक्सी प्रथाका विरूद्ध मात्र होइन त्यसको कारकको रूपमा रहेको धामी झाँक्री प्रथाको विरूद्ध नै हाम्रो राज्य, कानूनी प्रणाली र न्याय व्यवस्था उभिन सक्नुपर्ने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9861 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2073/03/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री सरोजप्रसाद गौतम |
| मुद्दा नं. | ०७१-CR-००८७ | ०७१-CR-००८८ | ०७१-CR-००८९ | ०७१-CR-०१०० | ०७१-CR-०५२० | ०७१-CR-०३७२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9861 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
