नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9859 · वि.सं. २०७४

नि.नं. 9859 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

साक्षी हुनु र कारणी हुनुमा तात्त्विक अन्तर पर्दछ । साक्षीको हैसियत अर्काले गरेको व्यवहारको प्रमाणित गर्छ भने कारणीको हैसियत व्यवहारको कर्ता बन्‍नु हो । तसर्थ घरको मुख्य व्यक्ति साक्षीसम्म बसी गरेको व्यवहारलाई लेनदेन व्यवहारको ८ नं.अन्तर्गत कारणीले गरेको मान्न मिलेन । अंश बन्डाको १९ नं. को प्रयोग छोरा वा स्वास्नी हुने अर्थात् बाबुको हकमा प्रयोग हुने हो । बाबुबाहेकका घरको मुख्यलाई उक्त अंशबन्डाको १९ नं. आकर्षित हुन सक्ने देखिँदैन । सो अंशबन्डाको १९ नं. मा पनि बाबु स्वयम्‌ नै कारणी भएर व्यवहार गरेको हुनुपर्ने । लेनदेन व्यवहारको १० नं. अनुसार सगोलमा रहेका वादीहरूलाई साक्षी नराखी निजहरूको मन्जुरीको लिखतसमेत नगराई रजिष्ट्रेशन पारित गरिएको राजीनामा लिखतबाट वादीहरूको हक गएको देखिएको अवस्थामा किर्ते कागजको १८ नं. बमोजिम म्यादभित्र नै दायर भएको फिरादलाई अन्यथा मान्न नमिल्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9859
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2073/07/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री यज्ञराज भट्ट | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल
मुद्दा नं.०६८-CR-०९६२ | ०६८-RI-११५१
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9859
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्