नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9858 · वि.सं. २०७४

नि.नं. 9858 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादीहरू उपरको कसुर प्रमाणित हुन यो यो प्रतिवादीहरूको यस्तो यस्तो संलग्नतामा यसरी वारदात हुन गएको हो भनी स्पष्ट रूपले देखिनुपर्ने हुन्छ । संकलित प्रमाणहरू एक आपसमा समर्थित रही शंकारहित देखिनु पर्दछ । यस्तो नदेखिई संकलित प्रमाणहरू परस्पर विरोधाभाषपूर्ण देखिई प्रतिवादीहरूले कसुर गरेको हो भन्‍ने ठोस प्रमाणको अभाव भएमा कसुरदार ठहर्‍याउन नमिल्ने । जाहेरी दरखास्त आफैमा कुनै स्वतन्त्र प्रमाण नभएकोले अन्य प्रमाणहरूबाट पुष्‍टि नभएसम्म जाहेरी दरखास्तको कुनै प्रमाणिक मूल्य नहुने । राजनीतिक मतभेद रहँदैमा मार्नेसम्मको मनसाय नै रहन जान्छ भनेर भन्न मिल्दैन । यस्तो प्रतिवादीहरू उपरको कसुर वादीले निसन्देह रूपमा प्रमाणित गर्न नसकेको अवस्थामा कसैको मनोगत अर्थात् शंकाका भरमा मात्र व्यक्त गरेका कुरालाई आधार बनाई दोषी ठहर गर्न नमिल्ने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9858
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2073/10/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री डिल्लीरमण तिवारी | माननीय न्यायाधीश श्री पवनकुमार शर्मा | माननीय न्यायाधीश श्री विदुरविक्रम थापा
मुद्दा नं.०६८-CR-०५५४
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9858
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्