नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9856 · वि.सं. २०७४

नि.नं. 9856 — जबरजस्ती करणी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

जबरजस्ती करणी जस्तो अपराधमा न्यायको रोहबाट न्यायको लागि संवेदनशील हुनुपर्ने हो तर पनि अति संवेदनशील भई एकतर्फी रूपमा विचार गर्दा न्याय मर्न जाने हुँदा विवेकशील भई प्रमाणको मूल्याङ्कन गरी न्यायमा पुग्नु पर्ने । पीडितको बकपत्र कसुरमा मुख्य कडी भए पनि सो बकपत्रको पुष्‍ट्‍याईं शंकारहित रूपबाट नभएमा बकपत्रलाई यान्त्रिक रूपबाट प्रमाणको रूपमा ग्रहण गरी सजाय गर्नु विवेकयुक्त मान्‍न नसकिने । प्रतिवादीले मौकामा गरेको बयानमा जबरजस्ती करणीको उद्योगमा साबितै रहेको देखिएकोमा ततिम्बा बयान गराई जबरजस्ती करणीको कसुरमा साबिती गराएको देखिन्छ जबकि ततिम्बा बयान गराउँदा अगाडि स्पष्ट नभएका कुरामा मात्र सोधी प्रष्‍ट गराउनुपर्दछ भन्‍ने कानूनी व्यवस्था भएकोमा प्रतिवादीलाई अघि नै स्पष्टसँग उल्लेख गरेको कसुरसँग असम्बन्धित कसुरमा साबित गराएको देखिन्छ जुन कुरा कानून र न्यायसम्मत हुन आउँदैन । तसर्थ उपर्युक्त विवेचनाबाट प्रतिवादीले जबरजस्ती कगणी गरेको नभई जबरजस्ती करणीको उद्योगसम्म गरेको तथ्य समर्थित भएको देखिने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9856
मुद्दाको विषयजबरजस्ती करणी ।
निर्णय वर्ष / मिति2074/01/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र | माननीय न्यायाधीश श्री मीरा खड्का | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री हरिप्रसाद बगाले
मुद्दा नं.०७१-CR-०८७५
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9856
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्