नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9855 · वि.सं. २०७४

नि.नं. 9855 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

वैकल्पिक उम्मेदवारको सूची राखिनुको औचित्य र सन्दर्भ भन्‍ने नै योग्यता क्रमको सिफारिसमा परेका अघिल्ला उम्मेदवार निश्‍चित समयभित्र सम्बन्धित पदमा नरहेमा वा सो पद रिक्त भएमा सोही पदमा अर्को परीक्षा लिइरहनु नपर्ने र वैकल्पिक उम्मेदवारलाई क्रमैसँग सिफारिस गर्नुपर्दछ भन्‍ने नै हुने । सुरू नियुक्त हुने कर्मचारीलाई परीक्षणकालमा राखिनुको अर्थ सो अवधिभित्र उक्त उम्मेदवार कतिपय कारणले अयोग्य ठहरिन सक्छ वा अन्य कतिपय कारणले नियुक्ति सिफारिस भएको पद सो अवधिभित्र रिक्त हुन सक्छ । यसरी सो अवधिभित्र उम्मेदवार अयोग्य ठहरिएको अवस्थामा वा पद रिक्त भएको अवस्थामा प्रतिक्षा सूचीमा रहेका वैकल्पिक उम्मेदवारलाई नै सिफारिस गर्नुपर्ने । (प्रकरण नं. ४) काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी प्रशासन विनियमावली, २०६४ को १७(२) ले नियुक्ति पत्र लिन नआएमा वा नियुक्ति लिएको पन्ध्र दिनभित्र कार्यालयमा कुनै सम्पर्क नराखी हाजिर नभएमा भन्‍ने प्रावधान तथा विनियमावलीको विनियम १८(१) को परीक्षणकालको व्यवस्थालाई सान्दर्भिक तथा स्वर्णीम व्याख्या गर्नुपर्ने हुन्छ, जसले गर्दा एउटै पदमा तत्कालै पटक पटक परीक्षा लिई रहनु नपरोस् भनी वैकल्पिक उम्मेदवारको सिफारिस गर्ने कानूनी व्यवस्था र पद्धतिलाई समेत परिपोषित गर्ने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9855
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2074/05/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
मुद्दा नं.०७२-WO-०००७
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9855
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्