नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9854 · वि.सं. २०७४

नि.नं. 9854 — जबरजस्ती करणी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

मोबाइलमा सम्पर्क भएको वा मिसकल (miss call) गरेको भन्‍ने आधारमा मात्र करणीकै लागि प्रतिवादीहरूलाई आमन्त्रण भएको थियो भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं. ४) आफूलाई जबर्जस्ती करणी भएको भनी महिलाले तथ्यसहित उजुर गरिरहेको परिप्रेक्ष्यमा नेपाली समाजको वर्तमान अवस्था, एउटी महिलाको इज्जत प्रतिष्ठाप्रतिको सामाजिक दृष्टिकोण र साँघुरो यौन स्वतन्त्रताको नेपाली परिवेशमा अन्यथा स्थापित हुने अवस्था नदेखिएसम्म एउटी महिलाले रातको समयमा दुई जना व्यक्तिहरूलाई एकसाथ बोलाई पालै पालो करणी गर्न मन्जुरी दिइन् होला भनेर विश्वास गर्न सकिने अवस्था नरहने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9854
मुद्दाको विषयजबरजस्ती करणी ।
निर्णय वर्ष / मिति2074/01/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री विश्‍वमंगल आत्रेय | माननीय न्यायाधीश श्री शम्भुबहादुर खड्का | माननीय न्यायाधीश श्री पदमराज भट्ट
मुद्दा नं.०७१-CR-१३८९
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9854
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्