नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9853 · वि.सं. २०७४
नि.नं. 9853 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
नवीकरणको निवेदन सँगसँगै नवीकरण दस्तुर सामेल नगरी अनुमति पत्रको अवधि समाप्त भएको दुई दिनपछि दस्तुर समावेश गरेको प्रक्रियालाई कानूनसम्मत मान्न नमिल्ने । (प्रकरण नं. ६) राज्य र आयोजनाको अनुमति पत्र प्राप्त गर्ने कम्पनी बीच अनुमति पत्र प्राप्त गर्दाको समयमा उल्लिखित सर्तहरू दुवै पक्षबीच लागू हुने एक प्रकारको कानून नै हो । ती सर्तहरू र तत्सम्बन्धी ऐन, कानून र निर्देशिकाका प्रावधानहरू दुरूस्त समयमा जस्ताको तस्तै दुवै पक्षहरूले नै पालना गर्नुपर्ने । तोकिएको अवधिमा आयोजनाको प्रगति जे जस्तो भए पनि त्यसको कार्य प्रगति प्रतिवेदन लिनेतर्फ अग्रसर नहुने र जे जस्तो जति प्रगति भए पनि त्यसतर्फ पूर्णतः अनदेखा गरी केवल अनुमति पत्रलाई नवीकरण गरी दिनेतर्फ मात्र अग्रसर भइरहनु हुँदैन । आयोजनाको अनुमति पत्र नवीकरण गर्नुपूर्व सो अवधिसम्म गर्नुपर्ने कार्य प्रगति सम्पन्न गर्नेतर्फ आशा एवम् उत्साहजनक रूपमा प्रगति भए नभएको हेरेर मात्र अनुमति पत्रको नवीकरण गर्ने नगर्ने तर्फ नै निर्णय गर्नुपर्ने । (प्रकरण नं. १३) आयोजनाको आशातीत कार्य प्रगति बिना अनुमतिपत्रको नवीकरणको प्रक्रिया अनुमति पत्रको सर्त र निर्देशिकाबमोजिम अगाडि बढेर अनुमति पत्रको नवीकरण हुनै नसक्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9853 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2074/07/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. |
| मुद्दा नं. | ०७२-WO-००७५ | ०७१-WO-०९१४ | ०७०-WO-०२२६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9853 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
