नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9850 · वि.सं. २०७४
नि.नं. 9850 — अपुताली हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
ननुवतीको मृत्यु भइसकेपश्चात् निजको नाममा रहेको सम्पत्तिमा निजकी छोरी वादी गुल्जरिया देवी यादवनीको स्वतः हक स्थापित भएको अवस्थामा निजले अपुतालीको महलको २० नं. ले तोकेको ३ वर्षभित्र नालिस नदिएकै आधारमा निजको हक समाप्त भई अन्य हकवालामा जाने भन्ने अवस्था नरहने । मुलुकी ऐन, अपुतालीको महलको २ नं. को कानूनी व्यवस्थाअनुसार मर्ने ननुवती देवी यादवको मृत्युपश्चात् निजकी छोरी पुनरावलोकनकर्ता / वादी गुल्जरिया देवी यादवनीको उक्त सम्पत्तिमा स्वतः हक स्थापित भएको अवस्थामा उक्त जग्गाको नामसारी नभएकै आधारमा आफ्नो नाममा नामसारी गर्ने हक प्रतिवादीलाई जुन कानूनले प्रदान गरेको छ, सोही कानूनी व्यवस्थाबमोजिम वादीको हकमा समेत समानरूपले नामसारी गर्न नपाउने भन्ने अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9850 |
|---|---|
| मुद्दाको विषय | अपुताली हक कायम |
| निर्णय वर्ष / मिति | 2073/09/07 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री कोमलनाथ शर्मा |
| मुद्दा नं. | ०७०-NF-०००६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७४, नि.नं. 9850 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
