नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9847 · वि.सं. २०७४

नि.नं. 9847 — करारबमोजिमको रकम दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

करार सम्झौताबमोजिमको लिखत भएपछि जग्गा पास हुन नसकेको स्थितिमा वादीले दिएको भुक्तानी फिर्ता माग गर्नु स्वाभाविकै रहेको देखिन्छ । यस्तो अवस्थामा जग्गा पारित गरी दिन उन्मुख पनि नहुने र रकम पनि लिने कार्यलाई न्यायोचित मान्न नमिल्ने । (प्रकरण नं. ५) आफूले करार सम्पन्न गर्न प्राथमिकतास्वरूप कुनै कार्य स्वीकार गरेको र सो सर्तबमोजिम आफूले कार्य सम्पन्न गरी अर्का पक्षलाई मुनासिब समयमा जानकारी नदिई मौन बसेको अवस्थामा त्यस्तो कार्यको फाइदा आफैले उठाउन पाउनुपर्छ भन्नु कानूनसँगत हुँदैन । यस्तो कार्यलाई अन्यायिक समृद्धिको फाइदाका सिद्धान्त (Doctrine of Unjust Enrichment) ले पनि समर्थन गर्दैन । यसरी प्रतिवादीले अग्रिम भुक्तानी लिएको अवस्थामा प्रारम्भिकरूपमा आफू करार पालन गर्ने अवस्थामा पुगेको भनी करार पालन गराउन अग्रसर नभएको र करारको म्याद समाप्त भई आपसी सहमतिको प्रक्रियासमेतका लागि पहल नगरे पछि अर्को पक्षबाट प्राप्त सुविधाको प्रतिफल आफैँले मात्र प्राप्त गर्नुपर्छ भन्नु पनि कानूनसङ्गत नहुने । (प्रकरण नं. ६) अग्रिम भुक्तानी लिएको रकमको आय शक्ति हुन्छ । त्यस्तो आयशक्ति (Earning Power) को भागिदार आफैँमात्र हुन्छ भन्नु न्यायको रोहमा उचित देखिँदैन । करारको म्याद समाप्त भएपछि सो कार्यान्वयन नभएको र आफूले लिएको नगदी फिर्ता नगरेको कारण कानूनी कारवाही अबलम्बन गर्नु परेको अवस्थामा मुनासिब रकम भराई दिने सम्बन्धमा अदालतसँग भएको अधिकार प्रयोग गरी १५ प्रतिशत थप रकम भराउने गरी सुरू अदालतबाट भएको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला अन्यथा देखिएन करार ऐन, २०५६ को दफा ८४ को उद्देश्य र मनसाय पनि यही हुने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9847
मुद्दाको विषयकरारबमोजिमको रकम दिलाई पाउँ
निर्णय वर्ष / मिति2074/03/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री लिप्तबहादुर थापा | माननीय न्यायाधीश श्री तेज बहादुर के.सी. | माननीय न्यायाधीश श्री मिरा खड्का
मुद्दा नं.०७०-CI-०६९० | ०७०-CI-०६९४ | ०७०-CI-०६८९
उद्धरण सन्दर्भने.का.प. २०७४, नि.नं. 9847
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्